• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ८ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ८ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ८ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ९ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १० घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

२५ वर्षमा पहिलो मामिला देखिएपछि युद्धग्रस्त गाजामा ठूलो मात्रामा पोलियो खोप अभियान सुरु

  •  आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

देयर अल–बलाह (गाजा पट्टी) । प्यालिस्टिनी स्वास्थ्य अधिकारी र संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले आइतबार गाजापट्टीमा पोलियो खोप अभियान सुरु गरेका छन । यसबाट इजरायल–हमास युद्धबाट ध्वस्त भएको यस क्षेत्रमा यसको प्रकोप रोक्न सकिने अपेक्षा गरिएको छ ।

अधिकारीहरूले गाजा पट्टीको अधिक विनाशकारी उत्तरी र दक्षिणी क्षेत्रमा जानुअघि बुधबारसम्ममा मध्य गाजामा बालबालिकालाई खोप सुरु गर्ने योजना बनाएका छन् । शनिबार यो अभियान थोरै सङ्ख्यामा खोप दिएर सुरु भयो र यसको लक्ष्य करिब छ लाख ४० हजार बालबालिकासम्म पुग्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजरायल खोप अभियानलाई सहज बनाउन युद्धमा सीमित विश्राम गर्न सहमत भएको बताएको छ ।

आइतबार बिहानै मध्य गाजामा इजरायली आक्रमण सुरु भएको समाचार थियो तर आक्रमणमा मारिएको वा घाइते भएको तत्काल थाहा भएको छैन । इजरायलले जारी गरेको कार्यक्रमअनुसार यो विश्राम आइतबार दिउँसो समाप्त भएको छ ।

देयर अल–बलाह र नुसिरतका अस्पतालहरूले खोप अभियान सुरु भएको पुष्टि गरेका छन् । इजरायलले खोप अभियान कार्यक्रम प्रत्येक दिन आठ घन्टाका हिसाबले सेप्टेम्बर ९ सम्म जारी रहने बताएको छ ।

गाजामा हालै २५ वर्षमा पहिलो पटक हाल खुट्टामा पक्षघात भएका १० महिनाका बालकमा पोलियो भएको फेला परेको छ । डब्लुएचओका अनुसार पक्षघातको मामिला देखिनुले सङ्क्रमित भएका तर लक्षण नदेखिएका सयौँ बढी हुनसक्ने सङ्केत गर्दछ ।

पोलियो भएकाहरू अधिकांशले लक्षणहरू अनुभव गर्दैनन् र तिनीहरू सामान्यतया एक वा दुई सातामा ठीक हुन्छन् । तर पोलियोले पक्षघात निम्त्यायो भने यसको उपचार छैन । पक्षघातले श्वासप्रश्वासका मांसपेशीहरूलाई प्रभावित गर्यो भने यो रोघ घातक हुनसक्छ ।

जारी युद्धदेखि लिएर ध्वस्त सडक र युद्धका कारण बन्द भएका अस्पतालहरूसम्म खोप अभियानले चुनौतीहरूको सामना गर्नुपरिरहेको छ ।

गाजाका २३ लाख जनसङ्ख्यामा करिब ९० प्रतिशत मानिस घेरामा परेको क्षेत्रमा विस्थापित भएका छन् र तीमध्ये हजारौँ मानिस पालका शिविरहरूमा भरिएका छन् ।

सङ्कलन नगरिएका फोहरको थुप्रो र अत्यावश्यक पूर्वाधारमा भएको बमबारीले सडकमा फोहर पानी बगिरहेकाले स्वास्थ्य अधिकारीहरूले पोलियो रोगको प्रकोप बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पोलियो दिसाबाट फैलिन्छ । व्यापक भोकमरीले मानिसहरूको रोगलाई अझ संवेदनशील बनाएको छ ।

चिकित्सा केन्द्र र विद्यालयसहित सम्पूर्ण क्षेत्रमा करिब एक सय ६० स्थानमा खोप दिइने छ । दश वर्षभन्दा कम उमेरका बालबालिकालाई मौखिक पोलियो खोप दुई थोपा दुई चरणमा दिइने छ । दोस्रो खुराक पहिलो खुराकको चार सातापछि दिइने छ ।

इजरायलले गत महिना करिब १३ लाख खुराक आफ्नो क्षेत्रमा ल्याउन अनुमति दिएको थियो । ती खोपलाई अहिले देयर अल–बलाहको गोदाममा फ्रिजमा भण्डारण गरिएको छ । चार लाख खुराकको खेपलाई चाँडै गाजामा पुर्याइने छ । रासस

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.