• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

खाद्य तथा पोषण सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता

  •  सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

जनकपुरधाम । धनुषा तथा महोत्तरीका चार गाउँपालिकाका अतिविपन्न तथा सीमान्तकृत घर परिवारलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि लागु भएको खाद्य तथा पोषण सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई धनुषाले आज जनकपुरधाममा चारै पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि, पशु, दुग्ध क्षेत्रका वरिष्ठ विज्ञ तथा प्रमुखहरूको अगुवाइमा भएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा नेपाल सरकारले सरकारले बाढी तथा जलवायु परिवर्तनका कारणले अति प्रभावित भएर खाद्य तथा पोषणका दृष्टिकोणले कमजोर बनेको धनुषाको जनकनन्दनी, बटेश्वर र महोत्तरीका सोनमा एवं सम्सी गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षाको कार्यक्रम सञ्चालनमा आएको छ ।

मधेश प्रदेशका चार जिल्लाहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी र पहाडी जिल्लाको दोलखा, सिन्धुपाल्चोक, धादिङ र गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । आयोजनाको कार्यक्षेत्र भएको धनुषा तथा महोत्तरी जिल्लाका चार पालिकामा कृषि, दुग्ध तथा मासुको उत्पादन बढाएर महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८३–२०८४ सम्म सञ्चालन हुने भएको छ ।

धनुषाका तथा महोत्तरीका चार पालिकामा चालु आर्थिक वर्षमा कृषि, पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व वृद्धि गरि खाद्य सुरक्षामा जोड दिने, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरूको अनुसरण र प्रसारण गर्ने, साना कृषकहरूको आयआर्जन र विविधीकरण गरी बजारमा पहुँच बढाउने उद्देश्य आयोजनाले लिएको छ ।

सुनौलो हजार दिनका आमा तथा ६ देखि २४ महिनाको बच्चाहरूको पोषण अवस्थामा सुधार ल्याउने र कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समूह तथा सहकारीको संस्थागत विकास एवं सबलीकरण गर्ने उद्देश्य चार पालिकामा गठन भएको ५४० समूह मार्फत काम गरिने भएको आयोजनाका क्लष्टर इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

आयोजनाको क्रियाकलाप सीमान्तकृत अर्थात् १० कठा जग्गा भन्दा कम जग्गा भएका किसानहरूलाई लक्षित गरेर कृषि, पशु तथा अन्य प्रकारको पोषणको कार्यक्रमहरू गर्नका लागि चालु आर्थिक वर्षमा चार पालिकामा कृषि, पशुपालन क्षेत्र कार्यक्रमहरू गर्न २३ करोड ४१ लाख ४३ हजार रकम विनियोजन गरेका आयोजनाका योजना अधिकृत रितेश कुमार झाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादव, महोत्तरीका सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव, सोनमा गाउँपालिका विश्वेश्वर यादव, वटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो र जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलको सहभागिता रहेका थिए ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.