बागमती श्रेष्ठ ,काठमाडौं । स्वास्थ्य दर्पण मिडीया नेटवर्क को सातौं बर्ष प्रवेशको अवसरमा स्वास्थ्य दर्पंण हेल्थ अवार्ड २०७८ शुरु हुंँदैछ । आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा प्रमुख अतिथि कांँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला रहनु भएको छ भने विशिष्ट अतिथिमा काठमाडौंका उपप्रमुख हरिप्रभा खड्की आउने कार्यक्रम रहेको छ ।
कार्यक्रम औपचारिक रुपमा १० बजेदेखि शुरु हुन लागेको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सन्दीप क्षेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा देशभरका विभिन्न प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मीका साथै पत्रकारलाई सम्मान गर्न लागिएको प्रबन्धक श्रेष्ठले बताए । बर्षर्नी मिडीयाले बिशेषगरी स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको उर्जा र उत्प्रेरणा मिलोस भन्ने उद्धेश्यसहित अवार्ड कार्यक्रम गर्दै आएको श्रेष्ठको भनाई छ । अवार्ड कार्यक्रमसहित मिडियाले स्वास्थ्य दर्पण त्रैमासिक म्यागाजिनको समेत विमोचन गरिदैंछ ।
