• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

  •  बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ ।

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर मुलुकभर आक्रोश बढेको छ ।

चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।

उक्त नृशंस हत्याले सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् ।

बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।

कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । राजधानी नयाँदिल्लीमा पनि यस्तै सानो जुलुस आयोजना गरिएको छ । प्रदर्शनकारी रुबिना मुखर्जीले भन्नुभयो, “सम्पूर्ण मुलुकको हृदय छियाछिया भएको छ ।”

बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए ।

एक घन्टाका लागि बत्ती निभाइयो । सहरको एउटा ठूलो हिस्सा अँध्यारो भयो । प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए ।

“न्याय नमिलेसम्म हामी बारम्बार रात बिताउनेछौँ”, ३५ वर्षीया गृहिणी स्मिता रायले भन्नुभयो ।

महिलाहरूले भारतीय झन्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिएको थियो ।

कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्तीहरू जलाउन सुरु गरेपछि त्यो नारा विस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिए ।

हत्या गरिएकी चिकित्सकका पिताले पनि शव फेला परेको अस्पतालबाहिरको जुलुसमा कुराकानी गर्नुभयो । उहाँले छोरीको हत्यापछि आफ्नो परिवारको ‘छियाछिया भएको हृदय’ र हत्याले कसरी ‘मानसिक रूपमा स्तब्ध बनायो’ भन्नेबारेमा बताउनुभयो ।

प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।

आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको भन्दै पिताले आक्रोश व्यक्त गर्नुभयो । “हामी उनको शव राख्न चाहन्थ्यौँ, उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ”, उहाँले भन्नुभयो ।

बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने मङ्गलबार पारित राज्यको एक कानुनलाई पनि उहाँले ‘लोकप्रिय देखावटी’ बाहेक केही नभएको भन्दै खारेज गर्नुभयो । रासस

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.