• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ६ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ६ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ६ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ८ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ८ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

कुष्ठरोगको समयमै उपचार गरे अपाङ्गता हुनबाट बच्न सकिन्छ : योहेइ सासाकावा

  •  बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

काठमाडौँ । विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावाले कुष्ठरोगको समयमै उपचार गरे स्थायी अपाङ्गता हुनबाट बच्न सकिने बताउनुभएको छ ।

नेपाल भ्रमणमा आउनुभएका उहाँले आज यहाँ सञ्चारकर्मीसँगको कुरा गर्दै कुष्ठरोगबाट हुने स्थायी अपाङ्गतालाई रोक्नका लागि प्रारम्भिक पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष योहेइले भन्नुभयो, “कुष्ठरोगको डर र सामाजिक कलङ्कको जरा गहिरो छ, यो रोगको छवि परिवर्तन गर्न तथा भेदभाव हटाउनका लागि अझैै काम गर्न बाँकी छ । हामीले शून्य कुष्ठरोगको परिकल्पना लिएका छाँै, जसले रोगसँग सम्बन्धित सबै प्रकारका पीडाहरुबाट मुक्त संसारको निर्माण गर्न सकोस् ।”

द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्वस्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । उहाँ कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभावविरुद्धको लडाईमा ४० वर्षभन्दा बढी समयदेखि प्रतिबद्ध भएर लडिरहनुभएको छ । अध्यक्ष योहेइ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानवाधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सद्भावनादूत नियुक्त हुनुभएको थियो । त्यस्तै उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।

नेपालमा सन् १९६० मा पहिलो पटक कुष्ठरोगको सर्वेक्षण भएको थियो । सन् १९६६ मा नेपालमा कुष्ठरोगको डप्सन मोनोथेरापीमार्फत उपचार पद्धति सुरु भएको थियो । सन् २०२१ मा शून्य कुष्ठरोगको मार्गचित्र तयारी गरिएको थियो । नेपालमा आर्थिक वर्ष २०७९/८० मा दुई हजार ५२२ नयाँ कुष्ठरोगका नयाँ केश देखिएको थियो । हाल ३४ जिल्लामा कुष्ठरोग शून्य छ ।

कुष्ठरोग अझै पनि १२० भन्दाबढी देशमा रहेको छ । सन् २०२२ मा विश्वमा एक लाख ७४ हजार ८७ नयाँ केशहरु भेटिएको तथ्याङ्क छ । विश्वभर निःशुल्क उपलब्ध मल्टिड्रग थेरापीमार्फत कृष्ठरोगको उपचार गरे निको हुन्छ । यो एक सङ्क्रामक रोग हो । जसले मुख्यतया छाला र परिधीय स्नायुलाई असर गर्छ । यो रोग सिँगान तथा तरल पदार्थ, थुक वा खकारबाट सर्दछ ।

अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री ओलीसँग भेट

अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष योहेइले कुष्ठरोग निवारणका लागि गरेका कामका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा कुष्ठरोग निवारणका लागि गरेको योगदानका लागि अध्यक्ष योहेइलाई धन्यवाद दिनुभएको थियो । आजै सो प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । रासस

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.