काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको नेतृत्व डा विकास देवकोटालाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी प्रदान गर्नु भएको हो ।
डा देवकोटाले यसअघि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव र लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको कुशल नेतृत्व गरिसक्नु भयको छ । हाल डा.देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागको महानिर्देशक रहनु भएकी डा.संगीत मिश्रलाई स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएको हो ।
