काठमाडौं | पछिल्लो समय स्वास्थ्य क्षेत्रमा मेडिकल विज्ञानको विधागत खोजअनुसन्धानले नीतिगत विकास,बिरामीको रोग पहिचान र उपचारमा प्रविधिमैत्री वातावरण सृजना भयको छ । आज “बिश्वमा स्वस्थ्य आवस्यकता पूरा गर्दै फर्मासिस्ट” भन्ने नारासहित विश्वभर “वल्ड फर्मासिस्ट डे – २०२४” मनाइएको छ ।
नेपालमा पनि औषधि विज्ञानको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुले नारामा आधारित रही विभिन्न तरिकाले कार्यक्रम सम्पन्न गरेका छन् । काठमान्डौको इन्द्रेणी बंग्वेटममा भयको कार्यक्रममा यस क्षेत्रका सरोकार निकाय र औषधि विज्ञ बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे,काउन्सिलका रजिस्ट्रार संजीव पाण्डे लगायत यस क्षेत्रमा कार्यरत दर्जनौं फर्मासिस्टहरुको उपस्थित रहेको एपोनका कार्यसमिति सदस्य तथा औषधि विज्ञ सुमित चन्द्र श्रेष्ठले बताउनु भयो।
त्यस्तै गरी चितवन जिल्लामा क्रियाशील रहेको नेपाल फार्मेसी संघले पनि यहाँ प्रभातफेरी गर्दै कार्यक्रम मनाएको संस्थाका अध्यक्ष सुशील सिग्देलले जानकारी दिनु भयो । सिग्देलका अनुसार सिनियर औषधि विज्ञ नन्द किशोर भट्ट, संघका केन्द्रीय सचिव अजामिन ढकाल,केन्द्रित सह कोषाध्यक्ष विनोद पन्त , फर्मासिस्ट मुकेश सिंह, हरी सापकोटा, लक्ष्मी लाल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रदीप ढकाल र जेपी पाठक लगायतको उपस्थिति रहेको केन्द्रिय सचिब अजामिन ढकालले बताउनु भयो।
” विश्व फर्मासिस्ट दिवस ” प्रत्येक अग्रेजी मितिको २५ सेप्टेम्बरमा मनाउने गरिन्छ ।






