• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

  •  बुधबार, असोज २३, २०८१ मा प्रकाशित

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र उनीहरु खुसीमा सुख मिल्छ ।”

गीत, कविता, सिर्जना एवम् कला विधामा रमाउँदै हुर्केको बताउनुहुने अर्जुनबाबु दाहालको हालै ‘हिँड्न बाँकी बाटाहरु’ नामक कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

आयुर्वेदिक चिकित्साका क्षेत्रमा सुपरिचित दाहालका गीत विभिन्न गायक गायिकाको स्वरमा रेकर्ड भएका छन् । उहाँले कोरोना कालमा परम्परागत नेपाली पद्धतीबाट बिरामीको उपचार गर्नुभएको थियो ।

हाल हिँडिसकेको बाटोको समीक्षा गर्दै हिँड्न बाँकी बाटोबारे उहाँले कविताका माध्यमबाट प्रकट गर्नुभएको छ । निराशा फैलिइरहेको वर्तमानमा आशाको सञ्चार गर्ने उहाँको कविता खदिँला र रसिला छन् । विगत, वर्तमान र आगतलाई उहाँले आफूभित्रको कवि मनलाई कवितामा पोख्नु भएको छ ।

उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तै उस्तै छ । एक दशकअघि सङ्खुवासभाबाट उज्यालो भविष्य खोज्दै सहर पस्नुभएका दाहालले कवितामार्फ सुन्दर भविष्यको कामना समेत गर्नुभएको छ ।

उहाँको यस कविता सङ्ग्रहमा ५६ वटा कविता छन् । कवितामा २०७२ वैशाखको भूकम्पको स्मरण गर्दै उहाँले लेख्नुभएको छ…

भूकम्पले महलहरु
गल्र्यामगुर्लुम्म ढलेर
चरमै खाना खाना खान्छु भन्दा पनि
सडकमै सुत्छु भन्दा पनि
केही नचलेपछि जाने ठाँउ
आहा ! कति महान् गाउँ !

गाउँ बिर्सेर सहर पसेकाहरु दुःख पर्दा विवाह गरेर घर गएकी छोरी माइती सम्झेर आए जस्तै धेरैका लागि आफ्नै जन्मस्थल, आफ्नै गाउँ प्रिय रहेको विषयलाई उहाँले कवितामार्फत प्रस्तुत गर्नुभएको छ । कोरोनाकाल, भूकम्पको त्रासदी, सहरले उधारो नपत्याएपछि, सहरका गल्लीहरु बिरानो लागेपछि एक मात्रै जाने ठाउँ गाउँ भएको आम मानिसको मनोदशालाई उहाँले कवितामा उन्ने प्रयास गर्नुभएको ।

रोजगारीको खोजीमा खाडी भासिने आम युवाको मनोदशा कवितामा प्रतिबिम्ति छन् । पासपोर्ट बनाउन कुदेको युवाको सपना, निधारमा अबिर, गलामा खादा र हातमा सुटकेश बोकेर नौजवान विदेशिँदा खाली रहेको खेत कस्ले खनिदेला ? बिरामी बालाई औषधि कस्ले खुवाउँला ? गाई भैसी कस्ले पाल्ला भनेर ? प्रश्न समेत गर्नुभएको छ ।

कवि दाहालले विभिन्न बिम्बमार्फत समाजमा रहेको बेथिती, अन्याय, अत्याचारविरुद्ध विद्रोह बोल्ने प्रयास गर्नुभएको छ । उहाँले समय नै आम मानिसको गुरु हो । वर्तमान सुन्दर भए पनि त्यो सँधै सुन्दर नरहन सक्छ भनेर सचेत पनि गराउनु भएको छ ।

‘जीवन र लक्ष्यमार्ग’ शीर्षकको कवितामा उहाँले विगत र वर्तमानको चेतलाई उधिन्ने प्रयास गर्दै सुरक्षित गन्तव्य भेट्नका लागि सुध्रिएर आफ्नो लक्ष्य निर्धारण गर्न सबैलाई आग्रह गर्नुभएको छ । मौलाउँदो बेथिती र भ्रष्टाचारकाविरुद्ध सशक्त प्रतिवाद गर्नुभएका कविमन दाहाल आफ्ना कवितामा यसरी प्रस्तुत हुनु भएको छ…

प्रश्नै प्रश्नले घेरिएपछि
उत्तर के हुन्छ ?
इमान्दार भएर जीवन चलाउँदा
अपराध गरेको देख्ने समाज कस्तो हो ?
अविरल बर्षाका कारण देश पीडामा छ । हजारौ मानिस घरबारबिहीन भएका छन् । धेरैको थातथलो गुमेको छ । यो विषय समेत उहाँको कवितामा उल्लेख छ ।
पहिरोमा को पुग्छ ?
खडेरीमा को पुग्छ ?
पाखाभरी फूलेर फूलजस्तै
यो गाउँ हराभरा बनाउन को पुग्छ ?

कवि दाहालले देश बनाउने नायक खोज्नु भएको छ कवितामा । सीका पुजारी र उन्नतीको आशा जगाउने नायक पनि खोज्नुभएको छ । खासमा उहाँले एउटा जाँगर र आँट भएको देशभक्त खोज्नु भएको छ ।

दिनपछि रात आउँछ । राम्रोसँगै नराम्रो पनि हुन्छ । यी त एउटा सिक्काका दुई वटा पाटा हुन् भन्ने भावमा उहाँले सबै खराब हुँदैनन् । फोहोरमा राजनीति मात्रै छैन, मोहोर पनि भएको चेतना बाँड्नु भएको छ । अनुशासन र इमानको आलोकमा अघि बढे मान्छे खराब हुन सक्दैन भन्ने सन्देश दिनुभएका दाहालले कवितामा इतिहास खराब थिएन, वर्तमान पनि खराब छैन र भविष्य झनै खराब हुन नसक्ने भन्दै आशाको सञ्चार गराउन खोज्नु भएको छ ।

‘अभिनयमा जीवन’ ‘जिन्दगी र खुकुरीको धार’, ‘नमस्कार’ शीर्षकका कविता छोटा छन् । उहाँले युद्धमा गएका वीरहरुको त्याग, बलिदान र साहसलाई सलाम गर्दै ‘अन्धकारको प्रश्न’ शीर्षकको कवितामा लेख्नुभएको छ ।
भाग्न नसक्नुको अर्को पाटो
युद्ध रहेछ
वीरहरु युद्धमा गए
आज प्रत्यके उज्यालोमा
तिनकै अनुहार देखिरहेछु ।
दाहालले दुःखमा नआत्तिन र सुखमा नमात्तिन पनि आफ्ना कवितामार्फत आग्रह गर्नुभएको छ । पृथ्वी गोलो भएकाले घुम्ने भएजस्तै दिनपछि रात आउने र दुःपछि सुख आउनु स्वतः प्राकृतिक विषय भएकाले हरेक क्षणमा आशावादी बनेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । नहराएको याद, समय मागेर समयसँग, यस्तो के सोचिरहेछु ?, मत एक टपरे शीर्षकको कवितामा व्यङ्गचेतको भरपूर प्रयोग गरिएको छ ।

अक्षय तृतीयामा सातु सर्वत खाएको कुरा, माघे संक्रान्तिमा तरुल, जनैपूर्णिमा क्वाटी, तुलसी र पिपल जस्ता बिम्बमार्फत हराउँदै गएको नेपाली परम्परा र संस्कृतिको खोजी वर्तमानको पुस्ताले गरेर भावि सन्न्तीलाई पनि जोगाइदिनुपर्ने धारणा राख्नुभएको छ । यस्तै, साथी, हामी छाँै वारिपारि, भ¥याङको पखाईमा भ¥याङ, ऐनामा कर्मफल, सोचाइका लश्करहरु शीर्षकका कविता यर्थाथवादी लाग्छन् ।

माया खोला, तुम्लिङटार, एकादशी बजार, हाङलुङ, चैनपुर जस्ता सङ्खुवासभाको गाउँ बस्ती समेत स्मरण गर्नुभएका कवि दाहालले गुराँसेडाँडा, रनगढी, पिलुवा खोला, तीनजुरेलाई पनि उत्तिकै माया गर्नुभएको छ ।

म मान्छे बन्न सकिन, समयको खोला, दोमन, समयको सन्तुलन शीर्षकको कविताको कर्मको बाटो हिँड्ने सङ्कल्प भेट्न सकिन्छ । सहरका मान्छेमा नभएको मुस्कान केवल बनावटी रहेको तर्क गर्दै कवि दाहाल उज्यालोको आकार ग्रहण गर्न पनि समय आउनुपर्ने बताउनुहुन्छ ।

उहाँले दुश्मनलाई पनि प्रियको सम्बोधन गर्नुभएको छ । जीवनको फूल, आफैलाई बधाई, किन आँसु झर्दैन, चेतन मन अवचेतन मन, प्रश्नै प्रश्नले घेरिएको प्रश्न शीर्षकका कवितामा उहाँले सामाजिक बेथितीमाथि प्रहार गर्नुभएको छ ।
उहाँ शहर र मान्छे शीर्षकको कवितामा लेख्नुहुन्छ…
यो पैसावालाहरुको शहर हो
यो बेच्न मात्रै जान्नुपर्छ
सबैथोक बिक्री हुन्छ
जस्तो ः
इमान, जमान, रुप, वैश आदि ।

कविता सङ्ग्रहको भूमिकामा कवि एवम् गीतकार डा नवराज लम्सालले लेख्नुभएको छ, “सहर पस्दा उनीसँग केही थान गीत र कविता बाहेक केही थिएनन् सायद । सहरमा उनी दुःख र सुखको दोसाँधमा उभिएर अनुभूति र सुस्केरा सङ्गालिइरहेका छन् सिर्जनाहरुमा ।”

उपचार गरेर अरुलाई निको पार्ने कवि अर्जुन आफू बिरामी हुँदा कविता लेखेर सञ्चो भएको सन्दर्भलाई डा लम्सालले भूमिकामा लेख्नुभएको छ । “गाउँ, समाज र देशका तन्नेरीहरुको सुकुमार सपनामाथि उभिएर गन्तव्य नियालरिहेका उनलाई लागेको छ – साँच्चै उज्यालो भेट्ने हो भने अझै छन् हिड्न बाँकी बाटाहरु ।”

अम्बर पब्लिकेशन हाउस नयाँ दिल्ली र वितरक माया पब्लिकेशन रहेको सो कविता सङ्ग्रहमा कवि दाहालले आफ्नो मन्तव्यमा लेख्नुभएको छ, “मलाई ठूलो कवि हुँला, बनँुला भन्ने छैन । कविताको मूलधारमै हेलिएर केही नयाँ गरुला भन्ने त्यति ठूलो महत्वकांक्षा पनि छैन । मनमा लागेको कुरा अभिव्यक्त गरेँ । आफै पोखिएँ र यो कवितासङ्ग्रह तयार भयो ।”

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.