• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण

  •  बुधबार, चैत १६, २०७८ मा प्रकाशित

चितवन। चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम भएको हो ।

गत सोमबार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको थियो । सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकहरुले परीक्षण गर्नुभएको थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थाेपेडिक सर्जन प्रा.डा.कृष्णप्रसाद पौडेल, मुटुरोग विशेषज्ञ डा.मणि गौतम, फिजिसियन डा.गोविन्द कँडेल, फिजिसियन डा.नवराज लामिछाने, फिजिसियन डा प्रमोद पौडेल, फिजिसियन डा. प्रतिक्षा श्रेष्ठ लगायतका चिकित्सकहरुले पत्रकारहरुको स्वास्थ्य परीक्षण गर्नुभयो । आवश्यक पत्रकारहरुलाई महासंघ मै र्ईसिजि समेत गरिएको छ । थप उपचार गर्नुपर्ने पत्रकारहरुलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक विप्लव काफ्लेले बताउनुभयो ।

महासंघको सभाहलमा आयोजित स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले पत्रकार र चिकित्सक दुईटा टाउको र एउटै पेट भएको चराको संज्ञा दिनुभयो । उहाँले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरुले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताउनुभयो । केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्ठिकृत सेवाका लागि संघीय सरकारबाट पर्याप्त सहयोग नभएको उहाँको गुनासो छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरि बीमा गराउँदा भरतपुर अस्पतालमा सेवाग्राहीको भिड बढेको बताउनुभयो । उहाँले बीमा कार्यक्रम नै असफल हुने खतरा रहेको बताउँदै अनावश्यक रुपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो संख्यामा बिमा गरेकाहरु आउने गरेको बताउनुभयो । आवश्यक नै नभएकाहरु आउँदा अस्पतालमा भिड बढेको र लामो समय पालो कुर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रुपमा नियमित क्यालेन्ण्डरमा राखेर लैजानुपर्ने बताउनुभयो ।महासंघका सचिव दीपेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गर्नुभएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमपछि पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।सो अवसरमा नेपाल औषधि व्यवसायी संघ चितवन शाखाले औषधि निःशुल्क रुपमा वितरण गरेको थियो । संघका अध्यक्ष ईश्वरकुमार भण्डारीले आफूहरुसँग उपलब्ध औषधिहरु निःशुल्क रुपमा वितरण गरेको बताउनुभयो ।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.