• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या

  •  शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

गाईघाट (उदयपुर) । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।

अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।

करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताउनुभयो ।

विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइसास्ती हुने गरेको छ ।

अस्पतालमा डेङ्गीको उपचार गरेर घर फर्किनुभएका त्रियुगा नगरपालिका–३ का राजन कार्कीले भन्नुभयो, “रातिको समयमा पटक–पटक विद्युत् जाने समस्या छ । सो समयमा जेनेरेटर नहुँदा अस्पताल अन्धकारमय हुन्थ्यो । एकहप्ता अस्पताल बस्दा राति अध्यारोमा शौचालय जान, औषधि सेवन गर्नलगायत काममा समस्या हुने गरेको थियो ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष भागवत राउतले अस्पतालमा जेनेरेटर व्यवस्थापन गर्न स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताउनुभयो । “एक महिनाअघि एकजना आफन्तको सवारी दुर्घटनामा मृत्यु भएपछि चार दिनसम्म शव गृहमा शव राख्नपर्ने बाध्यता आयो, पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएपछि टोल विकास समितिको जेनेरेटर ल्याएर अस्पतालमा शव राखेका थियौँ”, उहाँले भननुभयो ।

जिल्ला अस्पतालमा जेनेरेटर नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै स्थानीय सरकार, सरोकार भएका निकाय तथा राजनीतिक दलले जेनेरेटर व्यवस्थापनमा पहल गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिनुभयो ।

पन्ध्र वर्ष अघि खरिद गरिएको जेनेरेटर छ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालका प्रमुख डा मण्डलले जानकारी दिनुभयो । जिल्ला अस्पतालको कार्यभार सम्हाल्न केहीदिन अघि मात्र यहाँ आइपुग्नुभएका प्रमुख डा मण्डलले भन्नुभयो, “अस्पतालमा विभिन्न समस्यामध्ये जेनेरेटर व्यवस्थापन जटिल समस्या बनेको छ । समस्या समाधानका लागि प्रदेश सरकार र मन्त्रालयसँग पहल गर्नेछु ।” उहाँले दुई महिनाभित्र समस्या समाधान हुने जनाउनुभयो ।

प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न रु ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.