मानिसको दैनिक जीवनमा विभिन्न किसिमका दुर्घटनाबाट चोटपटक तथा घाउ लाग्ने गर्दछ । यस्ता घटना तथा दुर्घटनाबाट मानिसलाई चोट लागेर छाला, मांशपेशी मात्र क्षति नभई हड्डीसम्म पनि क्षति पु¥याउने गर्दछ । कतिपय दुर्घटना प्राकृतिक कारणले हुन्छ भने कतिपय दुर्घटना नियमित काम गर्दा या असावधानी अपनाउंँदा हुने गर्दछ ।
पछिल्लो समय विभिन्न खेलको विकासक्रमसंँगै खेल खेल्दा हुने दुर्घटनाले बिशेषगरी हातखुट्टामा गम्भिर चोट र घाउ हुने गर्दछ । यस्ता दुर्घटनामा खेलाडीलाई तुरुन्तै रिलिफ हुने र चांँडो उपचारको खांँचो पर्दछ । यस्ता खेलकुदबाट हुने इन्जुरीको उपचारमा पनि विभिन्न प्रविधिको विकास हुंँदै गएको छ । यो विधा नेपालको परिप्रेक्ष्यमा नयांँ भएपनि यसको अनिवार्य महसुस गरिएको छ । यो विधामा त्यति धेरै चिकित्सक र बिशेषज्ञ नभएपनि विस्तारै यो विधा अध्ययन अध्यापन गर्ने संख्या भने बढ्दै गईरहेको छ
। बिशेषगरी खेलाडीहरुको मांसपेशी, हाड, फिजीयोथेरापी , थप उपचार लगायत स्पोर्टस इन्जुरीको उपचार अन्र्तगत पर्दछन । यो स्पोर्टस इन्जुरी के हो ? यसको नेपालमा विधागत विकास र अभ्यास कस्तो छ ? यस विधाको आवश्यकता र संभावना के छ ? बिषयमा केन्द्रित रहेर भरतपुर अस्पतालका विभागीय प्रमुख वरिष्ठ अर्थोपेडिक सर्जन डा. शुशील थापासंँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियोमा हेर्न सक्नु हुनेछ ।
