• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम

  •  शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

झापा । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मङ्सिर २ गतेदेखि पुसको दोस्रो हप्तासम्म उक्त कार्यक्रम हुने भएको हो । झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय तहको प्रत्येक वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको करुणा फाउण्डेसन नेपाल कोशीका कार्यक्रम संयोजक कमल कोइरालाले बताउनुभयो ।

उहाँले कार्यक्रममा नवजात शिशु, १० वर्षमुनिका बालबालिकाको परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवणयन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने जानकारी दिनुभयो । २०७८ को जनगणनाअनुसार झापामा २३ हजार नौ सय ८८ अपाङ्गता भएका व्यक्ति छन् । जसमा नौ हजार पाँच सय ५९ जनाले परिचयपत्र लिइसकेका छन् ।

संयोजक कोइरालाले झापाका पालिकामा १३ हजार तीन सय ६४ जनाको लगत सङ्कलन गरिसकेको र उनीहरूलाई सेवा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो । अर्जुनधारामा एक हजार दुई सय ९०, कनकाईमा सात सय ३८, गौरादहमा छ सय ६३, दमकमा एक हजार ७९, बिर्तामोडमा सात सय ८९, भद्रपुरमा नौ सय १३, मेचीनगरमा एक हजार सात सय ४४ र शिवसताक्षी नगरपालिकामा आठ सय तीन जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन भइसकेको छ ।

यसैगरी, कमलमा आठ सय ८९, कचनकवलमा नौ सय छ, गौरीगञ्जमा छ सय ३९, झापामा पाँच सय २२, बाह्रदशीमा आठ सय ९९, बुद्वशान्तिमा आठ सय ७६ र हल्दिबारी गाउँपालिकामा छ सय १३ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिएको छ । आगामी मङ्सिर २ देखि ८ गतेसम्म बाह्रदशी गाउँपालिका र ३ देखि १२ गतेसम्म भद्रपुर नगरपालिकामा शिविर हुने मिति तय भइसकेको छ ।

कार्यक्रमबाट नवविवाहित दम्पती, नवजात शिशु, १० वर्षमुनिका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक र उनीहरूका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिका संस्था र समूह लाभान्वित हुने भएका छन् । कार्यक्रम संयोजक कोइरालाले तीनवटा संस्थाबीच कार्यक्रम सञ्चालनका लागि रु १२ करोडभन्दा बढीको लागत साझेदारी रहने जानकारी दिनुभयो । रासस

शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.