काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। दिपेन्द्र पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा। पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।
१४ वटा विभाग रहेको संघ अन्तर्गतको डडेल्धुरा अस्पताल १ सय बेड क्षमताको छ ।
