चिकित्सा क्षेत्रमा जति भूमिका चिकित्सक, ल्याब टेक्निसियन हरुको हुन्छ त्यो भन्दा संभवत ठूलो भूमिका फार्मासिष्टको हुन्छ । ल्याब टेक्निसियनले विरामीको विभिन्न नमुना संकलन गरेर शरीरको रगत लगायत अन्य रिपोर्टहरु निकालेपछि चिकित्सकले रोगको पहिचान गर्छन र सोही अनुसारको औषधि शिफारिस गर्ने गरिन्छ । अन्तरराष्ट्रिय अभ्यासमा चिकित्सकले रोगको मात्र पहिचान गर्ने गर्दछन र औषधिको सिमित क्षेत्राधिकार भन्दा माथि जान मिल्दैन तर नेपालमा चिकित्सकले औषधिको कम्पनी, लगायत सबै विषय उल्लेख गर्ने गरेका हुन्छन । यसको मतलब विकसित मुलुकमा डाक्टरले प्रेस्कृप्सन लेखिसकेपछि अन्य औषधिको मात्रा, विधि, कम्पनी लगायत सबै कुरा फार्मासिष्टको जिम्मेवारीमा पर्दछ । तर त्यो अभ्यास नेपालमा छैन । त्यसैले यसबाट के बुझ्न सकिन्छ भने चिकित्सकले रोगको पहिचान गरेपनि रोग निको हुन औषधि वा भनौ फार्मासिष्टको नै आवश्यकता पर्दछ ।
पछिल्लो समय औषधिको क्षेत्रमा नेपाल निकै अघि बढेको अवस्था छ । तीन दशक अघिमात्र हामी पूर्ण रुपमा जस्तै बाहिरी देशको औषधिमा निर्भर हुनुपथ्र्यो र तर पछिल्ला दशकमा औषधि उद्योगहरु खुलेसंँगै नेपालमा पनि गुणस्तरीय औषधि उत्पादन हुन थालेका छन । उद्योगको स्थापना र विस्तार संँगै फार्मासिष्टको उत्पादनमा पनि बृद्धि हुंँदै गएको छ । चिकित्सा शास्त्रमा औषधि तथा फार्मासिष्टको भूमिका, जिम्मेवारी के कस्तो हुन्छ ? नेपालमा फार्मासिष्टको अवस्था र दक्षजनशक्तिको अवस्था के छ ? यस क्षेत्रलाई व्यवस्थित र व्यवसायिक कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर सिम्का ल्याबोरोटरीका प्रमुख औषधि विज्ञ देवानन्द शाहसंँग गरिएको कुराकानीको अंश । भिडियो लिंक तल उपलब्ध छ ।
