• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औं साधारणसभा सम्पन्न

  •  शनिबार, चैत १९, २०७८ मा प्रकाशित

सुबोध श्रेष्ठ ,चितवन । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा आज शनिबार भरतपुरमा सम्पन्न भयो । संघले भरतपुर आँखा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

नेपालमा आँखा स्वास्थ्य सेवा प्रदायक संस्था नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल सञ्चालन गरेको छ । जसमध्ये चितवन शाखाले चार वटा अस्पताल सञ्चालन गर्दै आएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले भरतपुर आँखा अस्पतालको छुट्टै गरिमा रहेको बताउनुभयो । हाल देशमा रहेका ५६ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुको शुरुवात यसै आँखा अस्पतालबाट भएको बताउँदै उहाँले युएसएआईडीले सञ्चालन गरेको भिटामिन ए कार्यक्रमबाट महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा अघि बढेको जानकारी दिनुभयो । तत्कालिन अवस्थामा समाजमा रहेका अग्रणी महिलालाई परिचालन गरी बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमबाट महिला स्वयंसेविकाहरुको प्रचलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो “महिला स्वयंसेविका यसै जिल्लाबाट शुरुवात भएको हो ।”

संघको चितवन शाखाले देशमै उत्कृष्ट अस्पताल संचालन गरेको भन्दै उहाँले अझै राम्रो गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “संघले भरतपुर आँखा अस्पताल र यसका सञ्जाल मार्फत् उत्कृष्ट सेवा दिंदै आएको छ । सेवालाई अझै स्तरीय र विस्तार गर्दै अघि बढ्नुहोस् ।”

कार्यक्रममा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले आफू स्वयंले यसै अस्पतालमा दुवै आँखा शल्यक्रिया गरेको स्मरण गराउँदै यो अस्पताल प्रदेशकै नमूना अस्पतालको रुपमा विकास भएको बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले यस अस्पतामा विशिष्टकृत सेवा लिन देशभरबाट मात्रै नभई भारतका विभिन्न ठाउँहरुबाट समेत आउने गरेको बताउँदै भन्नुभयो “यो अस्पताल प्रदेश सरकारको गहना हो ।”

कार्यक्रममा नेत्रज्योति संघ बागमती प्रदेश समितिका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आएको विदेशी दातृ संस्था सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर रामप्रसाद कँडेल, संघका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्का, सहसचिव केशव अधिकारी, लायन्स क्लबस् ईन्टरनेशनल ३२५ आरका इलेक्ट गभर्नर सिद्धार्थलाल चुके लगायतले शुभकामना बोल्नु भएको छ । संघका अध्यक्ष कृष्णलाल धरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सो अवसरमा अस्पतालका कर्मचारी र सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन पारित भएको छ ।

संघले संचालन गरेको भरतपुर आँखा अस्पताल अन्तर्गत तीन प्रदेशका ६ जिल्लामा आँखा उपचार सेवा संचालन हुँदै आएको छ भरतपुर आँखा अस्पताल अन्तर्गत चार वटा अस्पताल र १३ वटा आँखा उपचार केन्द्र रहेका छन् ।

अस्पतालका प्रशासक दयाशंकर चौधरीले अस्पताल सञ्जालमार्फत् नेपाल र भारतका गरी वर्षिक १ लाख ५० हजार भन्दा बढीलाई सेवा दिंदै आएको छ । सेवा फाउण्डेशन, लायन्स क्लबहरु लगायतका सामाजिक संस्थाहरु, स्थानीय दानवीरहरुको, सरकारी निकायको सहयोगमा अस्पताल संचालन हुँदै आएको छ ।

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.