नेपालमा ग्याष्ट्रिक हरेक नेपालीहरुको लागि साझा समस्या र चुनौतिको रुपमा देखिएको छ । प्रायः हरेक नेपालीको घरमा को ही न कोही यस समस्याबाट प्रभावित छन । बिशेषगरी दुषित पानी असन्तुलित खानपान तथा आधुनिक जीवनशैलीका कारण यसबाट प्रभावित हुनेको संख्या बढ्दै गएको हो । ग्याष्ट्रिक पेटको रोग भएकोले ग्याष्ट्रिक बिग्रेमा अल्सर र अल्सर बिग्रेमा पेटको क्यान्सर समेत हुने गर्दछ । अधिकांश नेपालीहरु बढी चिल्लो, पिरो मसालेदार खाना खाने गर्दछन । जसको कारण यस्ता असन्तुलित खानाले ग्याष्ट्रिक गराउंँछ ।
चिकित्सकका अनुसार प्राय अधिकांशमा दुषित पानी तथा अस्वस्थ खानपानको कारणले ग्याष्ट्रिक गराउंँछ । पेटको तल्लो भागमा रहने ब्याक्टेरियाका कारण विस्तारै मानिसमा ग्याष्ट्रिक बिग्रिएर अल्सर हुंँदै ग्याष्ट्रिक क्यान्सर हुने गरेको चिकित्सकको भनाई छ । ग्याष्ट्रिक कसरी हुन्छ ?, ग्याष्ट्रिक किन र कस्ता व्यक्तिलार्ई हुन्छ ? यसबाट बेलैमा बच्न के गर्नुपर्छ ? यसबाट हुने अल्सर तथा ग्याष्ट्रिक क्यान्सरबाट बच्ने उपायहरुका बिषयमा केन्द्रित रहेर फेवा सिटी अस्पताल पोखरामा कार्यरत वरिष्ठ कन्सल्ट्याण्ट प्रोफेसर डाक्टर बुद्धि बहादुरसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
