• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

  •  बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

बनियानी (झापा) । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ ।

सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई स्वयं हेरचाह तालिम दिएपछि उहाँ आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने हुनुभएको हो । “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उहाँले भन्नुभयो, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।”

उहाँजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उहाँको अनुभव छ । आफूलाई शौचालय आउजाउ गर्न असहज भएको बताएपछि उहाँलाई ‘ट्वाइलेट चियर’ प्रदान गरिएको छ ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने हात्तीपाइलेले सुन्निएको ठाउँको उचित सरसफाइ हुनुपर्ने बताउनुहुन्छ । “रोग प्रभावित अङ्गलाई थप बिग्रिन नदिन उचित सरसफाइ हुनुपर्छ”, उहाँले भन्नुभयो, “हात्तीपाइले रोगीलाई वर्षमा एक–दुई पटक धेरै ज्वरो आउँछ, त्यसलाई यसले रोक्न मद्दत गर्छ ।”

तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीका मागको आधारमा सहायक समग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अङ्कित पाठकले बताउनुभयो । “हात्तीपाइले रोगीलाई दुई दिने स्वयं हेरचाह तालिम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “मागअनुसार सहायक सामग्री पनि दिन्छौँ ।”

करुणा फाण्डेशनमार्फत सन् २०२२ देखि हालसम्म तीन सय ८७ जनालाई स्वयं हेरचाह तालिम, एक सय २३ जनालाई आयआर्जन तालिम, एक सय ५५ जनालाई सहायक सामग्री, ४८ जनालाई उपचारमा सहयोग र १६ जनालाई रु १२ हजारका दरले व्यवसायका लागि बीउपँुजी प्रदान गरिएको कार्यक्रम अधिकृत अङ्कित पाठकले जानकारी दिनुभयो ।

सहारा नेपालको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले परियोजनाअन्तर्गत झापाका १० वटा पालिकामा १० प्रकारका उष्णप्रदेशीय रोग कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

“मुलुकबाट यी रोग निवारणका लागि सरकारले तय गरेको लक्ष्यमा पुग्न सहयोगी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ ।” परियोजनामार्फत सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

विपन्न समुदायमा यी रोग बढी मात्रामा देखिएको कार्यक्रम संयोजक राईले सरकारले उनीहरुको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले हात्तीपाइले र कुष्ठरोगीको स्वास्थ्य बीमा गरे राम्रो हुने थियो”, धनसम्पत्ति नहुँदा उपचार नगरी रोग पालेर बस्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “हात्तीपाइले र कुष्ठरोगका कारण अङ्गभङग भएकालाई सरकारले अपाङ्गताको परिचयपत्र दिइएको छैन, उनीहरुलाई पनि परिचय पत्र दिनुपर्छ ।”

विश्वास परियोजनाअन्तर्गत ३६ जना कुष्ठ तथा हात्तीपाइले रोगीलाई आयआर्जन तालिम, ३९ जनालाई सहायक सामग्री, १९ जनालाई उपचारमा सहयोग, चार सय २७ जना स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, पाँच सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, सात जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, छ जना स्वास्थ्यकर्मीलाई प्रयोगशालाको तालिम, दमकमा ‘एनटीडी रेफरल सेन्टर’ स्थापना, छ जना नर्सिङ कर्मचारीलाई ‘एसबीएन’ तालिमको व्यवस्था गरेको छ ।

परियोजना सुरु भएपछि झापा गाउँपालिकामा कुष्ठरोगीको सङ्ख्या घटेको छ । पाँच वर्ष १९ जना कुष्ठरोगी फेला परेकामा सो सङ्ख्या घटेर चारमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिनुभयो । उक्त गाउँपालिका जिल्लामा सबैभन्दा धेरै हात्तीपाइले प्रभावित क्षेत्र हो । यहाँ एक सय ६९ जना हात्तीपाइलेका नयाँ बिरामी फेलापरेका छन् । यो पालिकाको पनि सबैभन्दा बढी हात्तीपाइले रोग प्रभावित स्थान पन्थापाडा हो । यहाँ हाल २५ जना हात्तीपाइले बिरामी भेटिएका छन् ।

झापामा नयाँ तथा पुराना गरी हाल दुई हजार तीन सय तीन जना हात्तीपाइलेका बिरामी छन् । तीमध्ये ‘लिम्फोडि’मा भएका आठ सय ४७, ‘हाइड्रोसिल’का एक हजार तीन सय ५६ र दुवै भएका ७१ जना छन् । रासस

बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.