मष्तिष्कघात या ब्रेन हेमरेज हामीले प्रायः सुन्दै आएको शब्द हो । केही बेर अगाडिमात्र सामान्य रहेको मानिसलाई एक्कासी मष्तिष्कघात भएर अस्पताल भर्ना भएको पनि हामीले सुनिराखेका छौं । पहिले पहिले बृद्ध उमेर भएका व्यक्तिलाई यो समस्या देखिएपनि पछिल्ला समय युवा पुस्ताहरुमा पनि यो समस्या देखा पर्न थालेको छ ।
खासगरी मष्तिष्कमा रगतको प्रवाह रोकिएर या फुटेर मष्तिष्कघात हुने गर्छ । मष्तिष्कघात भएको व्यक्तिको कुनै अंग नचल्ने, या प्यारालाईसिस हुने पनि गर्दछ । मस्तिष्कघात भएपछि शरीरको एकातर्फको हातगोडा नचल्ने, बोली अस्पष्ट हुने, मुख बांगो हुने तथा यी सबै लक्षण एकैपटक देखिन पनि सक्छ। कतिपयको देख्ने क्षमता नै गुम्ने, हिँडाईंमा सन्तुलन नहुने पनि हुनसक्छ। यो समस्या भएकोे तीन घण्टा देखि ६ घण्टाभित्र उपचार गर्नसके यसबाट हुने जोखिमबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ ।
मानिसको आधुनिक जीवनशैली, खानपान, निष्क्रिय दैनिकीका कारण हुने हाई ब्लड प्रेसर , सुगर, मोटोपन, उच्च कोलेष्ट्रोल भएका व्यक्तिमा मष्तिष्कघातको जोखिम हुने गर्दछ । मष्तिष्कघात के हो ? यसको प्र्रकृति, लक्षण, बच्ने उपाय तथा उपचार पद्धतिका बारे फिष्टेल अस्पताल पोखराका वरिष्ठ न्यूरो सर्जन बालगोपाल कर्माचार्यसंग गरिएको कुराकानी । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।
