• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दृष्टिविहीन राना दम्पती सामान्य जीवन यापन गर्दै

  •  बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५८ वर्षीय रामा राना जन्मजात दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती सुदामा राना पनि दृष्टिविहीन हुनुहुन्छ । उहाँहरूको परिवारमा अहिले दुई जना मात्र हुनुहुन्छ ।

दुवै जनाले आफ्नो दैनिकी सामान्य व्यक्ति जस्तै गरी बिताइरहनुभएको समाजसेवी दिलबहादुर साउदले बताउनुभयो । जन्मदेखि नै फरक क्षमता भएका रामा र सुदामा समुदायका लागि प्रेरणा बन्नुभएको छ ।

कहिलेकाही फुर्सदका बेला छिमेकीले खाना बनाइदिने गरेका रामाले बताउनुभयो । “छिमेकीलाई फुर्सद नभएको बेला दम्पती मिलेर खाना बनाएर खाने गर्छौँ । घर छेउमा बनाइएको नल्का (धारा) मा भाँडाकुँडा धुने, कपडा धुनेलगायत काम गर्छौँ”, उहाँले भन्नुभयो ।

“सुरु सुरुमा खाना बनाउन, सामान खोज्न, कपडा धुन निकै अप्ठेरो हुन्थ्यो”, सुदामाले भन्नुभयो, “अहिले बानी परिसक्यो, सबै कार्य अन्दाजका भरमा गर्दै आएका छौँ ।” छामेर कुन दरको नोट (पैसा) हो भन्नेबारे पनि जान्ने गरेको उहाँले बताउनुभयो ।

रामाका अनुसार छ धुर जग्गामा बनेको घर मात्रै सम्पत्तिका रूपमा रहेको छ । उक्त घर छिमेकीले आर्थिक सहयोग सङ्कलन गरी बनाइदिएका उहाँको भनाइ छ । “भएको सबै जग्गा परिवारले पहिला नै बेचेर सक्नुभयो । जग्गा भएको भए अधिया लगाएर पनि वर्षभरी खान पुग्थ्यो”, उहाँले भन्नुभयो ।

रामा र सुदामा दुवैले नगरपालिकाबाट अपाङ्गता भत्ताबापतको रकम बुझदै आउनुभएको छ । उक्त रकमबाट जीविकोपार्जन भइरहेको रामाले बताउनुभयो । रामाले भर्रा (झाँक्री)को काम गर्ने भएकाले अन्नको जोहो त्यसबाट हुन्छ । “केहीले घरमा आएर भर्राबाट हेराउने गर्नुहुन्छ । केहीले घरमा लगेर काम गराउनुहुन्छ”, उहाँले भन्नुभयो । सानैदेखि भर्राको काम गर्दै आएको उहाँले बताउनुभयो ।

विसं २०५२ मा विवाहबन्धनमा बाँधिएका दुवै जनाका सन्तान भने छैनन् । असल छिमेकी भएकाले जीवन जिउन सहज भएको राना दम्पतीको भनाइ छ । नगरपालिकाले भत्ता दिने बाहेक सरकारी तथा गैरसरकारी निकायबाट अन्य कुनै पनि सहयोग नपाएको रामाले बताउनुभयो । वृद्ध अवस्थामा दैनिकी सञ्चालनमा समस्या हुने भन्दै स्थानीय सरकारले वृद्ध अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने नीति ल्याएर उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राना दम्पती दृष्टिविहीन भए पनि सामान्य व्यक्ति सरह जीवन निर्वाह गरिरहेका स्थानीय समाजसेवी साउदले बताउनुभयो । “दुवै जनाले जीविन चलाउन गर्नुभएको सङ्घर्षबाट अरूले पनि पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “जीवन जिउने कला राना दम्पतीले समाजलाई सिकाएका छन्, उहाँहरू समाजका लागि प्रेरणाका स्रोत हुन् ।” रासस

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.