झाडापखाला प्रायः हामी जो कोहीलाई र जुनसुकै उमेरसमुह लाई पनि हुन सक्छ । बिशेषगरी यो रोगले गर्मी तथा बर्षायाममा बढी सताउंँछ । दिनमा ३ पटक भन्दा वा दुईसय ग्राम भन्दा बढी पातलो दिसा भएमा त्यसलाई झाडापखाला भनिन्छ । झाडा पखाला विशेष गरी दिशा मुखबाट गएर लाग्ने रोग हो। दुषित पानी पिएमा, सडे गलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जिवाणुहरु पानी, खाना र हातको माध्यमबाट शरीर भित्र प्रवेश गर्दछ र झाडा पखाला लाग्छ । यो रोगले विशेषगरी बच्चा, तथा बृद्धृबृद्धालाई बढी असर पर्दछ ।
झाडापखाला हुंँदा शरीरमा पानीको मात्रा कम भई जलवियोजन हुने गर्दछ । बच्चाहरुमा पानी कम भएमा शरीर तन्किने, नरुने, तथा बेहोस भई बच्चाको मृत्यु समेत हुन सक्छ। यस रोगलाई सामान्य रोगको रुपमा लिन हुंँदैन । जति झाडापखाला तारन्तार भयो त्यति शरीर कमजोर हुंँदै जान्छ । यसबाट बच्न हामीले बिशेषगरी सरसफाइमानै ध्यान दिनुपर्छ ।
यो व्याक्टेरिया र भाइरसबाट सर्ने भएकोले खाना खानुुभन्दा अगाडि राम्रोसंँग हात धुने, पानी उमालेर खाने, ताजा खाना खाने, फलफूल तरकारीलाई धोएर पखालेर मात्र खाने तथा सडेगलेका खानेकुराहरुमा बिशेष ध्यान दिन सके यस रोगबाट बच्न सकिन्छ । झाडापखाला के हो? यो कसरी हुन्छ । र झाडापखालाका लक्षण तथा रोकथामका उपाय बारे प्रमुख कन्सल्ट्याण्ट फिजिसियन प्राध्यापक डाक्टर विजय पौडेलेसंँग स्वास्थ्य दर्पणले गरेको कुराकानीको अंश । थप जानकारी भिडीयो लिंक तल छ ।
