• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवार घोषणा

  •  शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी थापा र स्वतन्त्रबाट वसन्ती थापाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा रहनुभएको छ । सङ्घको आगामी मङ्सिर २८ गते १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्को निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा देशभरिका २० स्थानमा १५ हजार पाँच सय ४९ जना मतदाताले सहभागिता जनाउने नर्सिङ सङ्घले जनाएको छ ।

प्रगतिशील समूहकी अध्यक्ष पदका उम्मेदवार शर्माले आफ्नो समूहसँग सङ्घलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने योजनासहितको लक्ष्य रहेको बताउनुभयो । उहाँले नर्सिङ पेसामा रहेका समस्या समाधान गरी श्रमको उच्च सम्मान गर्ने, कामअनुसारको पारिश्रमिक उपलब्ध गराउनेमा प्रगतिशील समूह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

शर्माले सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई रात्रिकालीन ‘ड्युटी’ गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सबै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउनेलगायत २८ बुँदे प्रतिबद्धता घोषणा गर्नुभयो ।

प्रगतिशील समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी रहनुभएको छ । सदस्यमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहनुभएको छ । नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी रहनुभएको छ ।

पेसागत समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले विदेश पलायनको अवस्थालाई रोक्ने तथा स्वास्थ्य ऐनमा भएका विभेद्कारी व्यवस्थालाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको पाइएको भन्दै श्रमको सम्मान हुने किसिमले पारिश्रमिक उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो ।

पेसागत समूहबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिव मीनाकुमारी कार्की, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहाडी रहनुभएको छ । सदस्यमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रति पक्वाङ्ग, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल र परिषद् सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी रहनुभएको छ ।

स्वतन्त्र समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.