• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

‘सुनिएको शरीर लिएर महेन्द्र विद्यालय पुग्छन्’

  •  आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

बलेवा (बागलुङ)। जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उहाँ पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्नुहुन्छ ।

जन्मेको तीन महिनामा उहाँ बिरामी पर्नुभयो । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउनुहुन्छ । विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै गएको उहाँ बताउनुहुन्छ ।

विक अहिले कक्षा ६ मा पढ्नुहुन्छ । शरीरका गिर्खा बढ्दै गएपछि शरीर दुख्न र सुनिन थालेको भन्दै आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जान नसकेको बताउनुहुन्छ । गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उहाँको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरमा देखिएका गिर्खा क्यान्सर हुनसक्ने आशङ्का स्वास्थ्यकर्मीले गरेका छन् ।

विद्यालयका शिक्षकले उहाँको उपचारका लागि सहयोगी दाताको खोजी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराज सापकोटा जानकारी दिनुहुन्छ । बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्नुहुन्छ । खानलाउन नपुग्ने भएपछि उहाँहरूले उपचारमा खर्च गर्नसक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

“आमाबाबुले केही गर्न सक्नुहुँदैन, विद्यालय आए पनि शरीर दुख्ने गरेकाले महेन्द्र रूने, कराउने गर्छन्”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ “सहयोग जुटाएर उपचार गर्न पठाउने योजना छ । दाताको खोजी गरिरहेका छौँ ।” भेटेका सबैलाई महेन्द्रको दुःख सुनाउने गरेको बताउनुहुन्छ ।

“महेन्द्रको घाँटी सुनिएर डरलाग्दो भइसकेको छ । उहाँ खान र अन्य काम गर्नका लागि निहुरिन पनि सक्नुहुन्न । विद्यालय आए पनि पढ्न सक्नुभएको छैन् । समयमा उपचार नगरे उहाँको जीवनमा समस्या आउने देखिन्छ”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ ।

निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढा बालकको उपचारका लागि सहयोगी दाता खोजिरहेको बताउनुहुन्छ । “वडाले मात्रै गरेको सहयोगले उपचार खर्च पुग्दैन, आवश्यक सिफारिस गरेर सहयोगीको खोजीमा लागेका छौँ”, उहाँ भन्नुहुन्छ । सामान्य उपचारले नहुने र निरन्तर दुखाइ भइरहेकाले तत्काल उपचारमा जानैपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

विक दम्पतीले कसरी उपचार गर्ने चिन्ता लागेको बताउनुहुन्छ । मदजुरी बाहेक अन्य काम नभएकाले छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेको बाबु मनबहादुर बताउनुहुन्छ । रासस

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.