ह्दयघात वा हर्टएट्याकको समस्या अहिले स्वास्थ्य क्षेत्रमा चुनौति बिषय बनेको छ । बिशेषगरी उमेर पुगेका , विभिन्न दिर्घरोग लागेका तथा मानसिक तनाव लिनेहरुलाई ह्दयघात हुने भनिएपनि पछिल्लो समय युवा , वयस्क उमेर व्यक्तिलाई पनि ह्दयघात हुने गरेका घटनाहरु थुप्रै छन । मानिसको आधुनिक जीवनशैली, खानपान लगायत अन्य कारणबाट हृदयघात भईरहेको हुन्छ । अझ यो समस्याबाट चिकित्सकहरु पनि अछुतो छैनन ।
उच्च कोलेष्ट्रोल कारण यो रोगको जोखिम भएपनि आनुवंशिक कारणले पनि ह्दयघात हुने चिकित्सकहरुको भनाई छ । विगतमा त्यस्तो कुनै ह्दयघात हुने संकेत नदेखिएका स्वस्थ व्यक्तिमा पनि यसको जोखिम हुने गर्दछ । एकाघर परिवारका कुनै सदस्यमा ह्दयघात भएमा त्यस्ता परिवारका अन्य सदस्यहरुमा पनि ह्दयघातको जोखिम हुने गर्दछ । त्यस्ता परिवारको जीन ट्रान्सफर्मेसन हुने भएकाले परिवारका एक सदस्यलाई भएमा अन्य कुनै न कुनै सदस्यलाई ह्दयघातको जोखिम हुने गर्दछ ।
ह्दयघातलाई निराकारण गर्न नसकिएपनि यसलाई न्युनिकरण तथा जोखिम कम गर्न भने सकिन्छ । ह्दयघातको जोखिम कस्ता व्यक्तिलाई हुन्छ ? यो कस्तो रोग हो ? र यसबाट बच्ने उपायहरु के के हुन ? यस बिषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. लक्ष्मण दुबेसंँग गरिएको कुराकानीको अंश । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
