चिकित्सकले बिरामी जांँचेर रोग पहिचान गरेजस्तै फर्मासिष्ट पनि कुन कुन औषधि कसरी भण्डारण गर्ने, कसरी बिरामीलाई समय मिलाएर कुन औषधि कसरी दिने भनेर विरामीलाई जानकारी दिने गर्छन । चिकित्सा विज्ञानमा फर्मासिष्टको निकैनै महत्वपूर्ण भूमिका हुन्छ । उनीहरुले औषधिको गुणस्तर र प्रकृति हेरेर बिरामीलाई दिने गर्छन । यति मात्र होइन चिकित्सकको प्रेस्किप्सनको आधारमा हरेक बिरामीलाई औषधि खाने विधि , समय र परामर्श दिने काम पनि फर्मासिष्टको हुन्छ । फर्मासिष्ट विधामा पनि विभिन्न संवेदनशील बिषय पनि हुन्छन । यसलाई फर्मासिष्टले निकैनै ध्यान दिनुपर्ने हुन्छ ।
कतिपय औषधिहरुको एक्सपायरी डेट तथा कतिपय औषधिहरुलाई तापक्रम सन्तुलित गर्नुपर्ने हुन्छ । फर्मासिष्टको जिम्मेवारी, कार्यक्षेत्र एवं दायित्व के के हुन ? फार्मेसीमा औषधिको कसरी भण्डारण गर्ने ? फर्मासिष्टले बिरामीलाई कसरी परामर्श दिने भन्ने बिषयमा केन्द्रित रहेर औषधि विज्ञ विन्दु मल्लसंँग स्वास्थ्य दर्पण टिमले गरेको कुराकानीको अंश । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
