जाडोयाम शुरु भएसंँगै अधिकांश मानिसमा रुघा खोकी जस्ता समस्याले सताउने गर्दछ । जाडोमा बिशेषगरी बच्चा र बृद्धबद्धाहरुलाई रुखाखोकीको साथै निमोनियाको उच्च जोखिम हुने गर्दछ । यो समयमा रुघा, खोकी हुंँदै लगातार ज्वरो तथा श्वास फेर्न गाह्रो भएमा बच्चाहरुलाई निमोनिया भएको आशंका गर्न सकिन्छ ।
निमोनियाको आंशका हुने बित्तिकै नजिकैको स्वासथ्य संस्था तथा चिकित्सककोमा चांँडोभन्दा चाडो जचाउन लग्नु पर्दछ । रुघाखोकी भनेर वेवास्ता तथा हेल्च्याक्रयाई गर्दा स्वास्थ्य समस्या जटिल भई बच्चालाई आइसियु कक्षमा भर्ना गरेर उपचार समेत गर्नुपर्ने हुन्छ । निमोनिया भएका बच्चालाई थप डिहाइड्रेसनको पनि समस्या हुन सक्छ । उनीहरुलाई प्रशस्त झोलयुक्त खानेकुरा खुवाउने, न्यानो कपडा लगाईदिने तथा वायुप्रदुषणबाट पनि बचाउनु पर्दछ ।
निमोनिया के हो ? यो कसरी हुन्छ ? यसबाट बच्ने उपायहरु के के हुन ? भन्ने बिषयमा केन्द्रित रहेर भरतपुर अस्पताल तथा भरतपुर सामुदायिक अस्पतालमा कार्यरत वरिष्ठ बालरोग बिशेषज्ञ डा. खेमराज पौडेलसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
