मानिसको व्यस्त र आधुनिक जीवनशैलीसंँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्दै जान्छन । यसका विभिन्न चिकित्सकीय उपचार पद्धतिबाट निराकारण हुन्छन । यो संँगै मानिसका हात खुट्टा लगायतका हड्डी तथा जोर्नीमा पनि विभिन्न समस्या देखिन्छन । उमेर ढल्कदै जांँदा हातखुट्टाका जोर्नीहरु पनि खिईदै जाने हुन्छ । तर यो भिडियो सन्देशमा घुंँडा खिइने समस्या र घुंँडाको जोर्नीमा गरिने प्रत्यारोपण बारे चर्चा गरिएको छ । घुंँडा खिइने समस्या खासमा उमेर पुग्दै गएका व्यक्तिमा देखापर्दछ । मानिसको अस्वस्थकर जीवनशैली , शारिरीक अभ्यासको कमी, घुंँडालाई बढी भार पर्ने जस्ता क्रियाकलाप, मोटोपन भएका मानिसमा घुंँडा बढी खिइने गर्दछ । यसले मानिसको दैनिक जीवनमा असहज र अप्ठ्यारो पर्दछ । घुंंडाको सामान्य समस्या हुंँदा चिकित्सकहरुको सल्लाह अनुसार औषधि सेवन, इन्जेक्सन तथा शारिरीक अभ्यासबाट पनि ठिक हुंँदै जाने गर्छ । तर यो समस्या बढ्दै गएमा र विरामीलाई थप दुःखाई र पीडा भएमा जोर्नी प्रत्यारोपण गरेर सामान्य जीवनमा फर्कन सकिन्छ ।
नेपालमा पनि जोर्नी प्रत्यारोपणको अत्यधुनिक प्रविधि भित्रिसकेकोले यसबाट हुने समस्याबाट गुज्रनु पर्ने अवस्था छैन । घुंँडा खिइने कारण, यसको समाधान एवं जोर्नी प्रत्यारोपणका विधि , प्रविधि र समाधानका बिषयमा केन्द्रित रहेर विगत तीन दशकदेखि हाडजोर्नी विधामा अनुभव संगाल्नु भएका नेशनल सिटी अस्पताल ,चितवनमा अर्थोपेडिक सर्जनको रुपमा कार्यरत सुदिपमान बैद्यसंँग गरिएको कुराकानीको अंश । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
