• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी

  •  मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

मन्थली (रामेछाप) । जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् ।

मन्थली मावि कक्षा–९ की छात्रा सृष्टि तामाङले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आफूहरूजस्ता किशोरीलाई बरदान बनेकोे बताउनुभयो । सृष्टिजस्तै रामेछाप नगरपालिका–८ स्थित शारदा संस्कृत माविमा अध्ययनरत सोनिका कार्की र रोजिना शाही पनि आफूहरू महिनावारी भएका बेलामा विद्यालय नर्सले दिने स्यानिटरी प्याड र त्यसबेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफूहरूलाई त्यस अवधिमा विद्यालय जान कुनै अप्ठेरो नभएको बताउँछन् । उनीहरू यसअघि महिनावारी भएका बेला विद्यालय जाने गरेका थिएनन् ।

किशोरी छात्राहरू महिनावारी हुँदा विद्यालय नआउने, आए पनि बीचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर यो कार्यक्रम लागू भएपछि विद्यालय नर्स कार्यक्रमपछि छात्राहरूको कक्षामा नियमित उपस्थिति दर पनि बढेका शारदा संस्कृत मावि बावियाखर्कका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले बताउनुभयो ।

कार्यक्रम लागू भएपछि विद्यार्थीको स्वास्थ्योपचारमा सहज हुनुका साथै विद्यार्थीको उपस्थिति दर पनि बढेकामा जिल्लाका शिक्षक खुसी छन् । दुई हजारभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा एक जना नर्सले भ्याउन मुस्किल भएकाले दुई जनासम्म भइदिए अझ सहज हुने अर्का प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउनुहुन्छ ।

विद्यालय र विद्यार्थीको सरसफाइ एवं विद्यालयमा ‘जङ्क फुड’को अन्त्यलगायत बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकलाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मिक बिरामी हुँदा उपचार गर्न सहज हुने भएकाले विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको रुद्राक्षेश्वर मावि मुगिटारका प्रधानाध्यक हर्कबहादुर भुजेलले बताउनुभयो ।

प्रदेश सरकारले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ अनुसार जिल्लाका प्लस टु सञ्चालन गरेका विद्यालयमा यो सेवा उपलब्ध गराउने प्रावधान भए पनि जिल्लाका सबै विद्यालयमा यो सेवा उपलब्ध भइसकेको छैन । केही विद्यालयमा कार्यक्रम लागू भए पनि नर्सहरूको दरबन्दी खाली हँुदा कार्यक्रम लागू भए पनि सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लामा ९३ माध्यामिक तहका सामुदायिक विद्यालयमध्ये ४६ विद्यालयमा मात्र यो कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रमले विद्यालय सेवा क्षेत्रभित्रका अभिभावकलाई पनि आवश्यक स्वास्थ्योपचारका लागि निकै सहज भएको छ ।”

उपचारका लागि र आकस्मिक रूपमा चोटपटक लाग्दा गाउँबाट टाढा रहेको स्वास्थ्यचौकीसम्म पुग्नुपर्ने समस्या हटेर नजिकैको माध्यामिक विद्यालयमा जाँदा पनि सामान्य उपचार सेवा प्राप्त हुने भएकाले आफूजस्ता अभिभावकका लागि यो कार्यक्रम निकै उपयोगी भएको मन्थली नगरपालिका–७ भटौलीका कृष्ण कार्की बताउनुहुन्छ ।

प्रदेश सरकारमार्फत लागू भएको यो कार्यक्रमले नगरको बालमैत्री नगर घोषणाका लागि आवश्यक स्वास्थ्य तथा सरसफाइका लागि निकै उपयोगी भएको र आफू कार्यरत विद्यालयमा पनि छात्रको तुलनामा सेवा लिन छात्रा नै बढी आउने गरेको शारदा संस्कृत माविकी स्टाफ नर्स श्रेस्ता दाहालले बताउनुभयो ।

रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले राससलाई बताउनुभयो ।

रामेछाप र मन्थली नगरपालिकाको सात–सातवटा सामुदायिक विद्यालय, लिखु तामाकोशी गाउँपालिकाका छवटा विद्यालय, खाँडादेवी गाउँपालिकाका आठवटा विद्यालय, सुनापति गाउँपालकाका सात, गोकुलगङ्गाका पाँच, दोरम्बा शैलुङका चार र उमाकुण्डका तीन गरी ४६ विद्यालमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भइरहेको एकाइका प्राविधिक सहायक दिनेश नेपालीले बताउनुभयो । जिल्लामा ५३ वटा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन भए पनि सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको छैन ।

गुणस्तरीय पठनपाठनको अभावमा आफूहरूको आकर्षण सामुदायिक विद्यालयमा नभएको मन्थली नगरपालिका–१ का स्थानीय अभिभावक नारायण बस्नेत बताउनुहुन्छ । विद्यार्थी आकर्षण गर्न प्रदेश सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम पनि ल्याएको छ । तर कक्षा ५ सम्ममात्र प्रतिविद्यार्थी रु १५ का दरले खाजाको रकम निकासा हुने भएपछि उक्त रकमले गुणस्तरीय खाजाको व्यवस्था गर्न समस्या भइरहेको नागकन्या मावि मन्थलीकी प्रधानाध्यापक सुमित्रा (खड्का) कार्की बताउनुहुन्छ ।

गत वर्ष कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरिएको भए पनि यस वर्षदेखि कक्षा अपग्रेड गरी कक्षा ७ सम्म गर्नुपर्ने भए पनि कक्षा घटाएर कक्षा ५ सम्ममा झारेको र खाजाका लागि रु १५ रकम असाध्यै थोरै भएको प्रति अभिभावकको गुनासो छ । तर सबै माध्यामिक तहका सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम र आधारभूत तह (कक्षा १–८)सम्म विद्यार्थीलाई दिवा खाजाको कार्यक्रम सबै विद्यालयमा लैजान सके अभिभावकको सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि भई विद्यार्थी सङ्ख्यासमेत बढाउन सकिने मन्थली माविका पूर्वप्रअ गुञ्जबहादुर श्रेष्ठ बताउनुहुन्छ । रासस

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.