मधुमेह नेपालीहरुको लागि साझा समस्याको रुपमा देखापर्दै गएको छ । आधुनिक जीवनशैली र खानपानले यो रोगका बिरामीको संख्या बढ्दै गएको छ । मधुमेह दुई किसिमको हुन्छ । टाइप वान र टाइप टू । पहिलो प्रकारको मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन रोकिने नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो समस्या जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।
तर जनमानसमा यस्तो भ्रम छ कि गुलियो या ग्लुकोज भएको खानेकुरा खांँदा मधुमेहको जोखिम बढी हुन्छ । चिकित्सकका अनुसार यो बुझाई गलत छ किनकी शरीरलाई ग्लुकोज चाहिन्छ तर रगतमा ग्लुकोजको मात्रा बढ्दै गएमा र यसलाई रोक्ने हर्मोनको उत्पादन कमी भएमा मधुमेहको समस्या निम्तन्छ । कतिपय मधुमेह वंशाणुगत गुणले पनि सन्तति हरुमा देखा पर्ने गर्दछ ।
पछिल्लो समय मानिसहरुमा सचेतनाको कमीका कारण भातले मधुमेह हुन्छ भनेर रोटी खाने चलन बढी छ । तर तुलनात्मक रुपमा भातमा भन्दा बढी रोटीमा बढी क्यालोरी हुने गर्दछ । त्यसैले मात्रा मिलाएर खानसके भातबाट पनि मधुमेहको जोखिम कम हुन्छ । मधुमेह कस्तो रोग हो ? यो किन र कस्ता उमेर समुहलाई हुन्छ ? यसबाट बच्ने के उपायहरु छन ? र के के सचेतना अपनाए पहिलेकै सामान्य जीवनशैलीमा फर्किन सकिन्छ भन्ने लगायतका बिषयमा केन्द्रित रहेर पुष्पाञ्जली अस्पताल, भरतपुरमा कार्यरत वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी संँग रहेर गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
