पछिल्लो समय हर्टएट्याक नेपालमा चिकित्सा क्षेत्रमा टाउको दुखाईको बिषय बनेको छ । व्यस्त र आधुनिकतासंँगै मानिसको खानपान, जीवनशैलीमा धेरै नै परिवर्तन भएको छ । आधुनिक जीवनशैलीले गर्दा धेरै प्रकारका भयानक रोगहरु पनि देखा पर्दै आएका छन । ती रोगहरु जति देखापर्दैछन त्यतिनै चिकित्सकले निदानका अभ्यासहरु पनि गर्दै आएका छन । तर विभिन्न रोगहरु मध्ये मुटु संवेदनशील अंग भएकाले पनि हर्टएट्याक थप चुनौति बनेको हो ।
यो रोग अधिकांश नेपालीको साझा समस्या बनेको छ । यो रोग पहिले बिशेषगरी उमेर पुगेका मानिसलाई हुने गरेपनि पछिल्लो समय युवाहरुका लागि झनै जटिल बन्दै गएको छ । जसले गर्दा युवाहरु हर्टएट्याक को शिकार बन्न पुगेका छन । चिकित्सकका अनुसार बिशेषगरी युवाहरुले खानपान, अस्वस्थ जीवनशैली, तनाव लिने र शारिरीक व्यायाम कम हुनुका कारण हर्ट एट्याक हुनुका लक्षण हुन् । अहिले किशोर तथा युवाहरु पनि मुटुरोग तथा हर्टएट्याक भएर अस्पताल आउने गरेको चिकित्सकको भनाई छ ।
बिशेषगरी यो जोखिम सुगरका विरामी, उच्च कोलेष्ट्रोल र उच्च रक्तचाप भएका विरामीलाई हुन्छ । यसबाट बच्न खानपान, शारिरीक व्यायाम , प्रशस्त निद्राको पनि आवश्यकता पनि पर्दछ । हर्टएट्याक के कारणले हुन्छ, हर्टएट्याक भएका बिरामीमा के के लक्षणहरु देखापर्दछन । हर्टएट्याकको संकेत देखिएमा के के गर्ने र यसबाट बच्ने उपायहरु के के छन भन्ने लगायतका बिषयमा केन्द्रित रहेर न्यूरो एण्ड कार्डियो मल्टिस्पिसियालिटी हस्पिटल, विराटनगरमा कार्यरत वरिष्ठ मुटुरोग बिशेषज्ञ डा.निकेश राज श्रेष्ठसंँग गरिएको कुराकानी । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।
