• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

चिकित्सक अभावले उपचार प्रभावित

  •  बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

गलकोट (बागलुङ)। जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।

केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।

पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोचिकित्सक डा मानकाजी थापा भदौमा सङ्घीय सरकारअन्तर्गतको विभागमा सिफारिस भएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली छ ।

अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै कार्यरत रहनुभएको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनोचिकित्सक राजेन्द्र घिमिरे गएपछि एक महिना खाली भएको विभाग थापाको नेतृत्वमा सञ्चालनमा आएको थियो । गत भदौमा थापा पनि अन्यत्र सिफारिस भएपछि उक्त विभागमा चिकित्सकको अभाव भएको हो ।

गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी जीवनशैली, आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई समय नदिनु, मानसिक तनाव, महत्वाकाङ्क्षी, मोबाइलको बढ्दो प्रयोगलगायत कारणले पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या बढेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । मनोरोगको परिणाम आत्महत्यासम्मको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको अस्पतालका मेडिकल रेकर्डर शर्माले बताउनुभयो । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताका रूपमा आशा थापा कार्यरत रहनुभएको छ । चिकित्सक नहुँदा औषधि दिनुपर्ने मनोरोगी, एन्जाइटीलगायत बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो ।

बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय जिल्लामा मनोरोगका काराण अत्महत्याको दर बढेको बताउनुभयो । “मनोरोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने देखियो, साना बालबालिकालाई मोबाइल नदिने, अविभावकको निगरानीमा राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “अहिले आत्महत्याको सङ्ख्याभन्दा निरुपणमा जान आवश्यक छ, स्थानीय तहमा मनोपरामर्श कक्षा चलाउन आवश्यक छ ।”

पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ४२ जनाले आत्महत्या गरेका छन् । सामाजिक विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्ने गरिेका पाइएको खनालले बताउनुभयो ।

बागलुङमा एक वर्षमा ६० जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्लामा हुने विभिन्न घटनामध्ये आत्महत्याको ‘ग्राफ’ बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । मनोरोग, उदासिनता, दुव्र्यसन, पारिवारिक समस्या, मायाप्रेम तथा वैदेशिक रोजगारीबाट उत्पन्न समस्यालगायता कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

झुण्डिएर, विष सेवन, हाम फालेर आत्महत्या गर्ने बढी रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ जनाले आत्महत्या गरेकामा झुण्डिएर ३४, हाम फालेर दुई र विष सेवन एक जना रहेका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ४५, गत आवमा ६० जनाले आत्महत्या गरेका छन् ।

प्रहरी निरीक्षक पौडेलले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहअन्तर्गत स्वास्थ्य संस्थाले मनोपरामर्श दिने, विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्न अभियान सञ्चालन गरिरहे पनि आत्महत्या गर्नेको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । रासस

बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.