• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५३ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५३ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ५९ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

पोखरामा मानिसक अस्पताल स्थापना गर्न पहल

  •  मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित

गण्डकी । पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताउनुभयो ।

“गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ”, उहाँले भन्नुभयो, “रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तयारी अगाडि बढाइएको हो ।” पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्न छलफल भइरहेको उहाँको भनाइ छ ।

हालै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको मन्त्री पाठकले बताउनुभयो । “यो विषयमा मुख्यमन्त्री र अन्य विकास साझेदारसँग पनि छलफल भइसकेको छ, गण्डकी प्रदेशमा मानसिक अस्पताल बनाउनुपर्नेमा सबैको एकमत छ, यसमा हामी निरन्तर लागिपर्छौँ ।”

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि विभिन्न प्रारम्भिक छलफल चलिरहेको बताउनुभयो । “प्रदेश सरकार र जिससको संयुक्त पहलमा काम अगाडि बढाउनेगरी चरणबद्ध रूपमा छलफल भइरहेको छ, यसले साकार रुप लिनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्र नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हाम्रो जोड छ ।”

अन्य अस्पतालहरूबाट मानसिक रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत अस्पताल अहिलेसम्म बनेको छैन । प्रदेशको स्वास्थ्य मन्त्रालयको अल्पकालीन योजनामा भने प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उल्लेख छ । मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरेको छ । रासस

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.