• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

विचारः योग, आरोग्य र समृद्धि

  •  मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित

काठमाडौँ । योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो ।

योग जीवन जोड्नु वा स्थापित गर्नु हो । जोड दुई चरणमा सम्भव छ । पहिलो आफूभित्र रहेका सम्भावना र क्षमतासँग जोडनु हो । क्षमता र सम्भावना मुख्यतः स्वास्थ्यको सम्भावना र सुख, शान्ति, प्रेम, आनन्द, समृद्धिको सम्भावना हामीभत्र लुकेको हुन्छ । मानिसलाई जे सम्भावना दिएको छ, त्यसको भरपुर उृपयोग गर्नुु नै योग हो । दोस्रो योगको माग जसरी आफ्नो क्षमतासँग जोडिन चाहन्छ, अरुलाई आफ्नो क्षमता र सम्भावनालाई जोड्न मद्दत गर्नु योग हो । हामी हरेक व्यक्ति आन्तरिक र बाह्य जीवन जिउन चाहन्छौँ । योगको माध्यमबाट मात्रै आन्तरिक र बाह्य जीवनलाई जोड्ने सकिन्छ । जसले जोड्न पहल गर्छ, यसको जीवनमा नेतृत्वकलाको पनि विकास हुन्छ । हरेक व्यक्तिभित्र नेतृत्व क्षमता हुन्छ । त्यस्तो क्षमता भनेकै योग हो ।

योगको सरल, प्राकृतिक र मौलिक चरित्र हुन्छ । सरल यस अर्थमा कि योग जसले पनि गर्न सक्छ । यसमा कुनै जटिलता हुँदैन । हाम्रो शारिरीक संरचना नै योगको अभ्यास गर्ने गरी प्राकृतिक रुपमै निर्माण भएको छ । मौलिक यस अर्थमा कि योग हिमबत्खण्डबाट सिर्जित भएको विद्या हो । यो हाम्रो मौलिकता हो, सम्पत्ति हो र क्षमता पनि हो ।

योगलाई हामी प्रत्यिके व्यक्तिले जीवन पद्दति बनाउन सक्नुपर्छ । यसलाई व्यक्तिगत रुपमा मात्र नभई सामाजिक र सरकारी तहबाटै आत्मसात गर्नु आवश्यक छ । यस वर्षको योग दिवसको नारा‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने रहेको छ । यो नारा हाम्रो देशको सन्दर्भमा निकै नै सान्दर्भिक रहेको छ । समाज स्वस्थ त्यतिखेर हुन्छ, जब हरेक व्यक्तिले योगदलाई प्रयोग गर्छन् । जब हामी योगको पद्दतिमा प्रवेश गर्छौं, रोग, अभाव समाप्त भएर जान्छ र त्यसले स्वभाविक रुपमा समृद्धि ल्याउँछ । हाम्रो योगको विज्ञान र विधिअनुसार अरुलाई सिकाउन थाल्यौं भने समृद्धि बढ्छ ।

योगले आफूलाई सक्रिय र सजग बनाउँछ, सम्बन्ध बढाउन ऊर्जा बढाउने काम गर्छ भने स्वतः भाइचाराको विकास हुन्छ, बन्धुत्वको भाव आत्मिय रुपमा विकास हुन्छ । योगलाई व्यापक अर्थमा प्रयोग गर्न सकिन्छ । योगको पहुँच नेपालमा भएका आयुर्वेदिक पद्दति, प्राकृतिक चिकित्साका पद्दतिसँग रहेको छ । हाम्रा अमूल्य जडिबुटीहरू, मठमन्दिर, ध्यान केन्द्रहरू, जात्रा–महोत्सवजस्ता धार्मिक सांस्कृतिक अवयवहरू योगसँग नै जोडिएका हुन्छन् । नेपाल सरकारले योगलाई स्वास्थ्य र कल्याणका लागि महत्त्वपूर्ण अभ्यासका रूपमा अघि सार्नु आवश्यक छ । रेको छ । विभिन्न विद्यालय, विश्वविद्यालय, र समुदायस्तरमा योग अभ्यासलाई प्रोत्साहित गर्न सकिन्छ ।

नेपाल आरोग्य पर्यटनको गन्तव्य बन्न सक्छ

नेपाल योगको उत्पत्तिसँग जोडिएको देश मानिन्छ । योग प्राचीन वैदिक परम्पराबाट आएको हुनाले यसको जरा नेपाली समाज र धर्ममा गहिरो छ । विश्व समुदायमा नेपालले जहिले पनि शान्ति र आरोग्यको कामना गर्दै आएको छ । विश्वमा अहिले आरोग्य पर्यटन बढ्दो छ । यसको फाइदा नेपालले लिन सक्नुपर्छ । यसले मुलुकको समृद्धिको साथै विश्व शान्तिमा पनि नेपालले योगदान गर्न सक्दछ ।

नेपालजस्तो हिमाली देशमा योग पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना छ । नेपालसँग प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना छ । यी सबै सम्पदाहरू आरोग्यसँग जोडिएका छन् । एक अध्ययनले सन् २०३० सम्म विश्वव्यापी रुपमा पर्यटनको २० देखि २५ प्रतिशत हिस्सा आरोग्य पर्यटनले ओगट्ने देखाएको छ । त्यसैले नेपाललाई आरोग्य गन्तव्यको रुपमा विकास गर्न सकिएमा पर्यटनको माध्यमबाट ठूलो फाइदा लिन सकिन्छ । विगतमा जस्तो पर्यटनलाई नहेरी सरकारले आरोग्य पर्यटनको नेतृत्व लिने गरी नीति, योजना र कार्यक्रमहरू बनाउनु आवश्यक छ । यसका लागि हामीसँग राम्रो क्षमता छ । आरोग्य पर्यटनबाटै मुलुकले अर्थतन्त्रको आधारविन्दुको रुपमा स्वीकार गरी घोषणा गरी अघि बढ्नुपर्छ । यसमा सरकार र निजी क्षेत्र दुबैको उत्तिकै भूमिका रहेको छ ।

अन्य पर्यटकको तुलनामा आरोग्य पर्यटकले ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने सन् २०२१ मा गरिएको एक अध्ययनले देखाएको छ । नेपालमा आउने पर्यटकहरू भनेको खासगरी आरोग्य पर्यटकहरू नै हुन् । यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको स्वाद लिन नै उनीहरू आएका हुन्छन् । अब हामीले विधिवत् रुपमै छुट्टै गहिरो, प्रभावकारी अर्थतन्त्रमा टेवा पुग्ने गरी आरोग्य पर्यटनलाई विकास गर्नुपर्छ ।

आरोग्य पर्यटनको महत्व बुझेका देशहरूले यसलाई ब्राण्डिङ गर्न खोजिरहेका छन् । नोपलको मौलिकता यस्तो छ कि यसका लागि हामीले अलग्गै पूर्वाधार वा अन्य प्रयासहरू गर्न जरुरी छैन, नेपालको उत्पत्तिसँगै विकास भएर आएका छन्, मात्रै हामीले त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गरे पुग्दछ । त्यसैले नेपाल भ्रमणमा आउने पर्यटकहरू सुन्दर भाव लिएर फर्किन्छन् । नेपाललाई उनीहरू स्वास्थ्य र शान्ति प्राप्त गर्न सकिने देशको रुपमा लिने गर्छन् । तसर्थ, नेपालले योगलाई सांस्कृतिक र ऐतिहासिक रूपमा महत्व दिनु पर्दछ ।

आज हामी ससाना समस्याहरूसँग पनि जुध्ने क्षमता गुमाइरहेका छौँ । आफूभित्र रहेको अपार सम्भावनालाई खोज्न नसक्दा ठूलो युवा शक्ति विदेश पलायन भइरहेको छ । विदेशीहरूले हाम्रा होटल, होमस्टे, ध्यान केन्द्रहरूमा नै ठूलो ज्ञान शक्ति आर्जन गरिरहेका छन् ।

योग दिवसको सान्दर्भिकता

नेपालमा पनि राष्ट्रिय योग दिवस प्रत्येक वर्ष जुन २१ मा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । एको देश भएकाले यहाँको समाजमा यस दिनको विशेष प्रभाव छ । आफ्नो क्षमता जोडेर निर्णय गर्न सक्नु पनि योग हो । अब राजनीतिक विषयलाई लिएर प्रतिस्पर्धा, विरोध गर्ने होइन, योगको अभ्यास गरी आफू र राष्ट्रलाई समृद्ध हुनेतर्फ अग्रसर हुनु समयको आवश्यकता हो । योग दिवस नेपालमा स्वास्थ्य र आध्यात्मिकताको प्रवद्र्धनका साथै योगलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने अवसर हो । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरूको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ । योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सकिन्छ । राष्ट्रिय योग दिवसले हामीमा योग, आरोग्य र समृद्धिको बाटोमा हिँड्न आत्मविश्वास र वातावरण तयार गरिदेओस् । रासस
(जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.