• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विपद्पछि सरुवा रोगको प्रकोप

  •  सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

बाढी सबैभन्दा सामान्य प्राकृतिक विपद् हो । यसले मानव स्वास्थ्य, समाज र अर्थतन्त्रमा गम्भीर असर पार्छ । बाढीले सम्पत्ति, सडक, व्यवसाय, कृषि र सार्वजनिक सेवाहरूमा क्षति पुर्‍याई ठूलो आर्थिक भार तथा नोक्सानी निम्त्याउन सक्छ । खराब मौसमको अवस्था टरिसकेपछि सरुवा रोगहरूको रूपमा क्षतिको दोस्रो लहर देखा पर्छ । दूषित पानी, लामखुट्टे, अन्य किरा–फट्याङ्ग्रा र जनावरहरूका कारण यस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । यसका साथै श्वासप्रश्वाससम्बन्धी र छालाको संक्रमण पनि हुन सक्छ । यी सबै बाढीपछिका खतराहरू हुन् जसले स्वास्थ्य जोखिम बढाउँछन् ।

दूषित पानी वा माटोको प्रत्यक्ष सम्पर्कमा आउँदा मुसाबाट सर्ने रोगहरूको जोखिम हुन्छ । साथै, दूषित पानीसँगको प्रत्यक्ष सम्पर्क र सरसफाइको अभावले छालाको संक्रमण तथा पानीजन्य अन्य सरुवा रोगहरू निम्त्याउन सक्छ । यसबाहेक, आपतकालीन आश्रयस्थलहरूमा हुने अत्यधिक भीडभाडले पनि सरुवा रोगको जोखिम बढाउन सक्छ ।

बाढीपछि हैजा, क्रिप्टोस्पोरिडियोसिस, कडा झाडापखाला, रोटाभाइरस संक्रमण र आन्द्रे ज्वरोलगायत रोगहरू फैलिन सक्छन् । त्यसैले यस्ता रोगहरूको रोकथाम र नियन्त्रणका लागि राम्रो सरसफाइ र सुरक्षित पानी शुद्धिकरणमा ध्यान दिनुपर्छ । त्यसैगरी, प्रभावकारी ’भेक्टर’ (रोग सार्ने जीव) नियन्त्रण रणनीतिहरू अपनाएर तिनको व्यवस्थापनमा विशेष जोड दिनुपर्छ । यसका साथै आपतकालीन आश्रयस्थलहरूमा हुने भीडभाडका कारण सर्न सक्ने डिप्थेरिया, इन्फ्लुएन्जा र लहरे खोकीजस्ता रोगहरू विरुद्धको खोजीकरणलाई प्राथमिकता दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

बाढीपछिको अवस्थामा सरुवा रोगको प्रकोप चिन्ताजनक ’दोस्रो लहर’ को समस्या हो । जानकारीको अभावका कारण बाढीसँग सम्बन्धित सरुवा रोगहरूको जोखिम, भार र प्रवृत्तिबारे पर्याप्त ध्यान नपुग्न सक्छ । तसर्थ सरुवा रोगलाई बाढीपछिको एउटा प्रमुख विपद् (विपद्पछि अर्को विपद् निम्त्याउने घटना) का रूपमा लिनुपर्छ । यो जनस्वास्थ्यको मुद्दा मात्र नभई संस्थागत जोखिमको विषय पनि हो ।

(डा. पोखरेल सहप्राध्यापक हुनुहुन्छ ।)

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.