नुवाकोट । हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।
सोल्टीमोडस्थित मनमोहन मेमोरियल क्याम्पस र स्वयम्भूस्थित मनमोहन अस्पतालको आयोजनामा बेलकोटगढी नगरपालिका, नुवाकोटको सहकार्य तथा विभिन्न सामाजिक संघ–संस्थाको सहयोगमा भोलि बिहीबार महादेव माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। शिविरमा स्वास्थ्य परीक्षण, आबश्यक औषधि वितरण तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिने क्याम्पस प्रशासक सचित कुइँकेलले जानकारी दिनुभयो।
शिविरमा चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयद, जनस्वास्थ्य विज्ञ प्रो. दुर्गा खड्का मिश्र, डा. अमृत बस्याल, डा. अनित लामिछाने, डा. बन्दिता कार्की तथा मनोपरामर्शदाता रोजी मानन्धर लगायतका स्वास्थ्यकर्मी सहभागी हुने मनमोहन मेमोरियल हेल्थ साइन्सका क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनालले जानकारी दिनुभयो।
बाढीबाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको डा. मनोर दिन सैयद, जनाएको छ।
