नेपालीहरुको साझा समस्याको रुपमा रहेको मधुमेह रोग एकपनि हो । यो रोग बिशेषगरी उमेरपुगेका व्यक्ति तथा मोटो व्यक्तिलाई हुने गर्दछ । बिशेषगरी गुलियो तथा कार्बोहाइड्रेट भएका खाद्यवस्तु बढी सेवन गर्ने लाई यो रोग लाग्ने गर्दछ । यस्ता खाद्यवस्तुले रगतमा बढी चिनीको मात्रा उत्पादन गर्ने हुंँदा यसलाई चिनीरोग, सुगर अथवा डाईबिटीज पनि भनिन्छ ।
यस्ता रोगबाट बच्न बिशेषगरी चिया कफी, मिठाईजन्य पदार्थ सेवन कम गर्नुपर्दछ । हाम्रो शरीरलाई ग्लुकोजको आवश्यकता त पर्दछ तर यो बढी भएका रगतमा मिसिने गर्दछ र गम्भिर रोगको शिकार पनि बन्न सकिन्छ । त्यसैले यो रोग लागेका बिरामीले प्रशस्त पानी पिउने, र नियमित शारिरीक व्यायाम गर्नपर्दछ । जसले गर्दा रगतमा चिनीको मात्रा बढी भएमा पनि नियन्त्रण गर्दै लैजान्छ । यो रोग संँग उच्च रक्तचाप हुनलाई पनि सहयोग पुर्याउंँदछ ।
वंशाणुगत गुुणका कारणपनि सन्ततिहरुलाई पनि मधुमेह हुने स्वास्थ्यकर्मीहरुले बताउंँदै आएका छन । मधुमेहको जोखिम, यसले मुटुरोगी तथा अन्य रोगहरुलाई पु्र्याउन हानी र यसबाट जोगिने सम्बन्धी बिषयमा केन्द्रित रहेर भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित, थानीचोकमा सञ्चालिक शुशान्त पोलिक्लिनिकका सञ्चालक सागर पोख्रेलसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
