• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ३ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ६ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ९ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ९ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’

  •  बिहिबार, माघ १०, २०८१ मा प्रकाशित

काठमाडौँ । सरोकारवालाले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा नेपाल मेडिकल व्यवसायी सङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँहरुले स्वास्थ्य परीक्षणमा एकरुपता भएमा मात्र गुणस्तरीय स्वास्थ्य परीक्षण हुने बताउनुभएको हो ।

सङ्घका अध्यक्ष तारानाथ अर्यालले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको ‘सिन्डिकेट’ अन्त्य गरी गुणस्तरीय स्वास्थ्य सेवा सम्बन्धमा सङ्घको ध्यानाकर्षण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थामा एकरुपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्नुपर्छ । सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गरि एकरुपता कायम गर्नुपर्छ ।”

अध्यक्ष अर्यालका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने एक सय ९४ संस्था सूचीकृत भएका छन् । यीमध्ये ३६ वटा मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने र १८ वटा संस्थाले मध्यपूर्व साउदीलगायत तीन देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दछन् । सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य परीक्षण गर्ने गरिएको पाइएकाले यसमा सङ्घको आपत्ति रहेको उहाँले बताउनुभयो ।

सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सूचीकृत तथा नवीकरण भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डकेट तत्काल अन्त्य गर्नुपर्ने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तमाम श्रमजीवी वर्गलाई मारमा पर्नेगरी सिन्डिकेट लगाइएका विषयप्रति हाम्रो चासो हो । मन्त्रालय र सम्बन्धित मातहतका निकायलाई हामीले घच्घच्याइरहेका छौँ । तर यो विषयवस्तुबारे कुनै सुनुवाइ नभएको र सिन्डिकेट जस्तो विषयलाई प्रोत्साहन गरेको देखिन्छ ।”

सांसद रमा कोइराला पौड्यालले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणले विश्वव्यापी मान्यता पाउनुपर्ने बताउँदै भन्नुभयो, “यहाँ गरेको परीक्षणले विश्वव्यापी मान्यता पाउनुपर्छ । यहाँबाट स्वास्थ्य परीक्षण गरेर गइसकेको श्रमिक मलेसियामा पुगेपछि कसरी स्वास्थ्य परीक्षण ठीक छैन भनेर पठाइन्छ ? लाखौँ पैसा खर्च गरेर गएका श्रमिक रित्तो हात फर्किन्छन् । हजारौँ रुपैयाँ लिएर स्वास्थ्य परीक्षण गर्ने तर विदेश पुग्दा ती श्रमिकहरुलाई किन अस्वस्थ्य भनेर पठाइन्छ ? एकातर्फ फ्रि टिकट फ्रि भिसा भनिएको छ । कसले क्षतिपूर्ति दिन्छ ?” उहाँले यो घटनाले सबैभन्दा बढी गरिब श्रमिक मारमा परेको बताउनुभयो ।

बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.