• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • १७ मिनेट 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ३ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ३ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २० घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २० घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २१ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २२ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. मीना सुनारको उद्धार

  • ६. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

  •  सोमबार, साउन ११, २०८३ मा प्रकाशित

किन्शासा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३५४ पुगेको छ । पछिल्लो १० दिनमै थप एक हजार नयाँ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ । गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनका कारण फैलिएको हो । बुन्डिबुग्यो स्ट्रेनका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।

जुलाई १५ मा सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अधिकारीहरूले परीक्षण र सङ्क्रमितको पहिचान प्रणाली सुधारिएकाले थप सङ्क्रमित फेला परेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण सुडान र युगान्डाको सीमासँग जोडिएको उत्तरपूर्वी इटुरी प्रान्तमा करिब ९० प्रतिशत सङ्क्रमित भेटिएका छन् ।

दशकौँदेखि हिंसाग्रस्त पूर्वी कङ्गोमा फैलिएको यो महामारी अझै धेरै महिना लम्बिन सक्ने आकलन गरिएको छ । यसबीच तलबको माग गर्दै स्वास्थ्यकर्मीहरूले गरेको हडतालका कारण केही अस्पतालमा उपचार तथा नियन्त्रण अभियान प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने इबोलाले रक्तस्रावी ज्वरो गराउने गर्छ । पछिल्लो ५० वर्षमा अफ्रिकाभरि यस रोगका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसैबीच वैज्ञानिकहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध खोप र औषधि विकासलाई तीव्र बनाएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणमा स्वयंसेवकलाई लक्षित प्रयोगात्मक खोप लगाउन सुरु गरिएको जनाएको छ । अन्य सम्भावित खोपहरू पनि क्लिनिकल परीक्षणको चरणमा रहेका छन् भने दुई सम्भावित उपचार विधिको विकाससमेत भइरहेको छ।रासस

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.