• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाँकेमा ३६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

  •  सोमबार, माघ २१, २०८१ मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा सो जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा तीन हजार १८३, कोहलपुरमा सात हजार ४४८, बैजनाथमा चार हजार ११४, खजुरामा पाँच हजार ८७२, जानकीमा एक हजार ९५०, नेपालगञ्जमा नौ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन् । पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइने उहाँले बताउनुभयो ।

दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य छ । प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताउनुभयो ।

नेपालगञ्जका फिजिसियन डा राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर यसमा खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइसरविरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिनुभयो । उहाँले नेपालगञ्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल गरिएको उल्लेख गर्दै विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइने बताउनुभयो ।

जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन् । खोपकेन्द्र तीन सय ७८ विद्यालयमा र ८१ अन्यत्र रहेका छन् । रासस

सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.