• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

  •  मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित

भोजपुर । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिब तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।

लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । स्थानीयवासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो ।

“लुङ्थुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”, वडाध्यक्ष विष्टले भन्नुभयो, “यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।”

गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाई स्थापनाले सहजता भएको स्थानीयवासी तीर्थाकुमारी राईले बताउनुभयो ।

“गाउँ नै स्वास्थ्य एकाइ स्थापनाले सहजता थपिएको छ”, उहाँले भन्नुभयो, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ ।”

स्वास्थ्य एकाई स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टाँै धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताउनुभयो । स्वास्थ्य एकाइ स्थापनाले वर्र्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उहाँको भनाइ छ ।

“नजिकमा स्वास्थ्य संस्था नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अब सामान्य बिरामी हुँदा घण्टौँ लगाएर अन्यत्र जानुपर्ने समस्या हटेको छ ।”

नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ । । खैराङका साविकका वडा २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह थालिउको अध्यक्ष राईले बताउनुभयो । यहाँको सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रवाह थालिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

“गाउँपालिकाले नागरिकलाई दिने सेवालाई सहज र सरल बनाउने अभियान जुटेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन समस्या छ । त्यस्ता ठाउँमा पनि सहज सेवा पु¥याउने काम गरिरहेका छौँ ।”

गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार यहाँ स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्यचौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । रासस

मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.