• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा

  •  मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो ।

“वर्षात्मा सडक सञ्जाल झन हुने कुरै थिएन, अन्य समयमा पनि दैनिक एउटा गाडी चल्छ, त्यो पनि प्रभावकारी छैन”, काफलठुटाका चेतबहादुर केसीले भन्नुभयो, “हिँडेरै स्वास्थ्य संस्था जाँदा चार घण्टा हिँड्नुपर्ने अवस्था थियो ।”

आधारभूत स्वास्थ्य सेवा पाउन पनि निकै कठिन अवस्था व्यहोर्नु परेको तुलसीपुर–१ कै रानीटाकुरा निवासी तुलसी थापाले गुनासो गर्नुभयो । “ज्वरो आयो, चोट पटक लाग्यो भने पनि सामान्य उपचार पाउन चार घण्टा हिँड्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो “तर, अब यो अवस्था हटेको छ ।”

यस्तै समस्या रहेका तुलसीपुर–१ र ३ का विकट बस्तीलाई लक्षित गरी तुलसीपुर–१ को ठाँटीगाउँमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । सोमबारदेखि यहाँ इकाइ सञ्चालनमा आएपछि विगत जस्तो चार घण्टा हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको हो । हाल सञ्चालनमा आएको स्वास्थ्य इकाइमा पुग्न पनि केही बस्तीबाट दुई घण्टासम्म हिँड्नुपर्ने अवस्था भने रहेको तुलसीपुर–१ का वडाध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार वडा नं १ का रानीटाकुरा, गैरासिरे, काफलठुटा, चुरेघाँटी, तुलसीपुर–३ को थापापानी, पन्ननपुर, कालामारेजस्ता ठाउँबाट अझै पनि दुई घण्टा लाग्ने अवस्था हेरेको भन्दै सडक सञ्जाल विस्तार आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “पहिले चार घण्टा लाग्ने ठाउँमा ठाँटीगाउँमा स्वास्थ्य इकाइ स्थापना गरेपछि अब दुई घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल भएमा सहज हुन्थ्यो ।”

उक्त स्वास्थ्य इकाइमा एक अहेब, एक अनमी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । स्थानीय दाता शेरबहादुर आलेले १० कठ्ठा जग्गा प्रदान गरेपछि सोही स्थानमा स्वास्थ्य इकाइ स्थापना गरिएको हो । जहाँ दुई सय ३० भन्दाबढी घरधुरीका एक हजार बढी नागरिक लाभान्वित भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उक्त स्वास्थ्य इकाइलाई स्तरवृद्धि गर्नतर्फ ध्यान दिने बताउनुभयो । विकट क्षेत्रमा स्वास्थ्यको सहज पहुँच हुनुपर्ने भन्दै सोहीअनुरुप ठाँटीगाउँमा स्वास्थ्य इकाइ स्थापना गरिएको उहाँको भनाइ छ ।

“कहिल्यै हैजा, कहिल्यै कोभिडको महामारी हुन्छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा स्वास्थ्य चौकी नपुगी ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यो अवस्था अन्त्य गर्ने हाम्रो प्रयत्न हो ।” यो स्वास्थ्य इकाइ वडा नं १ को मात्र नभई वडा नं ३ का विकटका नागरिकलाई पनि सेवा प्रवाह गर्ने भन्दै आफूले स्वास्थ्य इकाइको आधा दायित्व पूरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । पवननगर स्वास्थ्य चौकी मातहत रहनेगरी उक्त स्वास्थ्य इकाइ सञ्चालन गरिएको हो । रासस

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.