• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य सेवाको पहुंँच र विस्तारमा स्वास्थ्य पत्रकारिताको ठूलो योगदान छ : पूर्व राष्ट्रपति डा.यादव

  •  शनिबार, चैत ०९, २०८१ मा प्रकाशित

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले स्वास्थ्य सेवाको पहुंँच र विस्तारमा स्वास्थ्य पत्रकारिताको योगदान ठुलो रहेको बताउनु भएको छ । आज काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको उद्धघाटन गर्नुहुंँदै उहांँले यस्तो बताउनु भएको हो । आफूले पनि चिकित्सा क्षेत्रमा काम गरेको अनुभव सुनाउंँदै उहांँले पछिल्लो समय यो क्षेत्रको बृहत विस्तार र नवीनतम प्रविधि प्रयोग हुंँदै गएको बताउनु भयो ।

उहांँले स्वास्थ्य क्षेत्रको सचेतना र अभिमुखीकरणमा स्वास्थ्य पत्रकारिताको ठूलो भुमिका रहेको समेत बताउनु भयो । स्वास्थ्य क्षेत्र अतिनै संवेदनशील क्षेत्र भएकोले सबै सरोकारवाला मर्यादित हुनुपर्ने उहांँको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.यादवले स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी,चिकित्सक,पत्रकार एवं विभिन्न संस्थाहरुलाई सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि वरिष्ठ पत्रकार एवं स्वास्थ्य दर्पणका संरक्षक किशोर नेपालले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटेका चिकित्सकको भूमिकाको मुल्यांकन गर्दै स्वास्थ्य दर्पणले विगत ९ वर्षदेखि निरन्तर सम्मानगरि हौसला बढाउदै आएको बताउंँनु भयो ।

स्वास्थ्य दर्पण मीडियाले नेपालको सुगमदेखि दुर्गमसम्म बिरामीको उपचारमा खटिएका चिकित्सकको मुल्यांकन गरेर राज्यले गर्न नसकेको काम गर्न सफल भएको समेत नेपालले बताउनु भयो ।

अर्का विशिष्ट अतिथि स्वास्थ्य सचिब डा.विकास देवकोटाले स्वास्थ्यकर्मीहरुले गरेको कामको मुल्यांकन सरकारले गर्नुपर्नेमा स्वास्थ्य दर्पण मीडियाले गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा स्वास्थ्य सेवाको पहुंँच र विस्तारको लागि सरकारले मिडीयासंँग आवश्यक सहयोग र सहकार्य गर्ने उहांँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मानितको तर्फबाट भनाई राख्नुहुँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायले देशभरका स्वास्थ्यकर्मी,चिकित्सक तथा स्वास्थ्य संस्थाले गरेको कामको कदर गर्दै आफूलाई समेत सम्मान गरेकोमा हौसला र उर्जा मिल्नुका साथै थप जिम्मेवारी र दायित्व बढेको बताउनु भयो ।

स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले नेपालमा स्वास्थ्य क्षेत्र र स्वास्थ्य पत्रकारिता दुबैको प्रवद्र्धन,प्रोत्साहन र समृद्धिको हेतुले स्वास्थ दर्पण मिडिया नेटवर्कले अवार्ड गर्दै आएको बताउनु भयो । स्वास्थ्य क्षेत्रको पहुंँच र सचेतना अभिवृद्धिका साथै खबरदारीको लागि पनि स्वास्थ्य दर्पण मिडीयाले कलम चलाउँदै जाने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सोे अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था,पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो । स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने,चिकित्सक,स्वास्थ्यकर्मी र पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

राजीन पनेरुले सञ्चालन गर्नुभएको अवार्ड कार्यक्रममा संस्थाका जनसम्पर्क सल्लाहकार अर्जुनकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का सल्लाहकार प्रा.डा.ऋषिकुमार काफ्लेले कार्यक्रममा समापन मन्तव्य राख्नुभएको हो।




शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.