• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल

  •  आइतबार, चैत १०, २०८१ मा प्रकाशित

घोराही (दाङ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो ।

अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारसँगै बिमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बिमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले बिमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको बताउनुभयो । बिमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन् । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।”

मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उहाँले अस्पतालको फार्मेसीमा औषधि नराख्ने, सरकारी अस्पतालबाट सेवा दिने अवस्थामा पनि बिरामीलाई बाहिर रिफर गरेको पाइए कडा कारबाही हुने चेतावनी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके २०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताउनुभयो । देशका प्रमुख दुई पार्टी कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ थियो । रासस

आइतबार, चैत १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.