• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

क्षयरोग पत्ता लाग्ने दर अझै कम

  •  मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित

गण्डकी । गत आवमा नेपालमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिएको अनुमान गरिएकामा जम्मा ३५ हजार मात्र पत्ता लागे । उक्त आँकडाले झण्डै आधा क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको देखाउँछ ।

राष्ट्रिय क्षयरोग निवारण केन्द्रका अनुसार मुलुकको करिब आधा जनसङ्ख्यामा क्षयरोग कीटाणुको सङ्क्रमण रहेको अनुमान छ । केन्द्रले केही वर्षअघि गरेको क्षयरोग ‘प्रिभेलेन्स’ सर्वेक्षणले नेपालमा वार्षिक ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको देखाएको थियो ।

नयाँ थपिने बिरामी सङ्ख्याको तुलनामा बिरामी पहिचान भई उपचारमा आउनेको सङ्ख्या कम रहेको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक ज्ञानबहादुर बिसीले बताउनुभयो । बिरामी पत्ता लाग्ने दर कम हुँदा सन् २०३५ भित्र क्षयरोग अन्त्य र सन् २०५० भित्र क्षयरोग निवारण गर्ने राष्ट्रिय लक्ष्यमा चुनौती देखिएको उहाँको भनाइ छ । “अहिले नयाँ क्षयरोग हुने दर प्रति एक लाखमा दुई सय ५० छ, सन् २०३५ भित्र घटाएर १० मा पु¥याउने लक्ष्य सरकारले लिएको छ”, उहाँले भन्नुभयो ।

बिरामी खुल्न डराउने, लक्षणलाई सामान्य रूपमा लिने, खोजपड्तालको कमी, स्रोतसाधनको अभाव आदि कारणले क्षयरोगका बिरामी पत्ता लाग्ने दर कम रहेको जनस्वास्थ्य निरीक्षक बिसीले बताउनुभयो । क्षयरोग सङ्क्रित एउटै व्यक्तिले धेरै जनालाई सङ्क्रमण सार्न सक्ने भएकाले क्षयरोग समुदायमा फैलिरहेको उहाँको भनाइ छ । “बहुऔषधि प्रतिरोधी क्षयरोग, क्षयरोगसँग एचआइभी र मधुमेहको सहसङ्क्रमण, बसाइँसराइ, खुला सिमाना, लैङ्गिक असमानता आदि क्षयरोग निवारण अभियानमा चुनौतीका रूपमा देखिएका छन्”, उहाँले भन्नुभयो, “बिरामी जति धेरै पत्ता लगाउन सक्यो उति नै छिटो क्षयरोग निवारण हुन्छ ।”

क्षयरोगका लक्षण लिएर आउने बिरामी अस्पताल र चिकित्सकको प्राथमिकतामा नपर्दा पनि बिरामी पहिचान गर्न समस्या भइरहेको उहाँको भनाइ छ । “अस्पताल र प्रयोगशालाका स्वास्थ्यकर्मीलाई क्षयरोगसम्बन्धी तालिम दिइएको छ, तर उहाँहरूले त्यस्ता लक्षण लिएर आउने बिरामीलाई सम्बन्धित ठाउँमा जाँच तथा उपचारका लागि नपठाउने प्रवृत्ति पनि छ”, जनस्वास्थ्य निर्देशक बिसीले भन्नुभयो, “अस्पताल, छात्रावास, कारागार जस्ता जोखिमयुक्त स्थलमा क्षयरोगको जाँचपड्ताल गर्न सकिएको छैन ।”

क्षयरोगका बिरामीको पहिचान र निदानका लागि समुदायस्तरमा अभियान सुरू गरिए पनि त्यो प्रयाप्त नभएको उहाँको भनाइ छ । पछिल्लो समय क्षयरोग परीक्षणका लागि सरकारी अस्पतालमहरूमा आधुनिक उपकरण भित्र्याएको उहाँले बताउनुभयो । जनस्वास्थ्य समस्याका रूपमा रहेको र मृत्युको प्रमुख कारणमध्येमा पर्ने क्षयरोग अन्त्यका लागि रोगको पहिचान, निदान, रोकथाम र उपचारलाई प्रभावकारी बनाउनुपर्ने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

“सम्भावित लक्षण देखिएमा तुरून्त क्षयरोग परीक्षण गराउनुपर्छ, क्षयरोगका बिरामीको सम्पर्कमा आएका सबै खकार जाँच गराइहाल्नुपर्छ”, उहाँले भन्नुभयो, “नियमित औषधि सेवनले क्षयरोग पूर्ण रूपमा निको हुन्छ, क्षयरोगको सम्पूर्ण उपचार निःशुल्क हुन्छ ।” फोक्सो र फोक्सोबाहेक अन्य अङ्गमा लाग्ने गरी दुई किसिमका क्षयरोग हुने भन्दै उहाँले लगातार खोकी लाग्ने, साँझपख हलुका ज्वरो आउने, खकारमा रगत देखिने छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खानामा रूचि नहुने, शरीरको तौल घट्ने, थकान लाग्नेजस्ता लक्षण देखिएमा तुरुन्त क्षयरोग परीक्षण गर्नुपर्ने बताउनुभयो ।

एचआइभी सङ्क्रिमत र मधुमेहका बिरामीलाई क्षयरोग लाग्ने बढी सम्भावना हुने हुँदा त्यस्ता व्यक्तिले विशेष स्वास्थ्य सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । एचआइभी सङ्क्रिमतलाई क्षयरोग लाग्ने सम्भावना ३० गुणाले बढी हुने उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा एकजनाले १० जना र सहरी क्षेत्रमा २५ जनासम्मलाई सङ्क्रमण सार्नसक्ने उहाँको भनाइ छ । बागलुङमा मात्र गत वर्ष १० जनाले क्षयरोगबाट ज्यान गुमाएको उहाँले बताउनुभयो । सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार हुने गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा पछिल्लो आठ १६ सय ७० नयाँ क्षयरोगका बिरामी भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । क्षयरोगबाट प्रदेशमा गत वर्ष एक सय नौ जनाको मृत्यु भएको थियो । नेपालमा क्षयरोगबाट मृत्यु हुने दर चार प्रतिशत छ । १५ देखि ६४ वर्ष उमेरमा ७२ दशमलव ५५ प्रतिशतमा १४ वर्ष उमेरभित्रका बालबालिकामा २ दशमलव ६८ प्रतिशत र ६५ माथिका २४ दशमलव ७७ प्रतिशतमा क्षयरोगको सङ्क्रमण हुने गरेको छ । क्षयरोग लाग्नबाट बचाउन बच्चालाई जन्मनेबित्तिकै बिसिजी खोप दिने गरिएको छ ।

सङ्क्रमण पत्ता लागेर उपचारमा गएका बिरामी निको हुने दर ९२ प्रतिशत रहेको जनस्वास्थ्य निर्देशक विसीले बताउनुभयो । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता ८२ प्रतिशत रहेको उहाँको भनाइ छ । फोक्सोको क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका कीटाणु श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा सरी क्षयरोग सङ्क्रमण हुने उहाँले बताउनुभयो । “क्षयरोगका किटाणु शरीरमा प्रवेश गर्दैमा क्षयरोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई मात्र क्षयरोग हुन्छ”, उहाँले भन्नुभयो, “कुपोषण, एचआइभी, मधुमेह आदि भएका मानिसमा क्षयरोग छिटो सर्छ ।”

क्यान्सर रोक्न परीक्षण अभियान सञ्चालन गर्ने स्वास्थ्य मन्त्री पौडेलको योजनामा काठमाडौँ महानगरको सहकार्य अब वीर अस्पतालमा महिलाको निःशुल्क परीक्षण हुने काठमाडौँ स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुरू गरेको परीक्षण अभियानमा काठमाडौँ महानगरले सहकार्य गरेको छ ।

अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौँ महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतनाका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि मन्त्री पौडेलले काठमाडौँ महानगरप्रति आभार प्रकट गरे ।

“स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्ला बेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, मन्त्री पौडेलले भन्नुभयो, “मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौँ महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो ।” काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाको जीवनरक्षा हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशक डा दिलीप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग गर्नेछ भने वीरअस्पतालले अङ्कोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ । रासस

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.