• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने भारतीय मौसम पूर्वानुमानकर्ताहरूको चेतावनी

  •  मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित

नयाँदिल्ली । भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ ।

देश तातो गर्मीका लागि अपरिचित छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले तातो छालहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गइरहेको पत्ता लगाएको छ ।

भारतमा ग्रीष्म ऋतु अप्रिलदेखि जुनसम्म रहन्छ । यो अवधिमा मौसमको उच्च तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघेको हुन्छ ।

यस वर्ष गर्मी मौसममा देशका अधिकांश भागमा सामान्यभन्दा माथि अधिकतम तापक्रम देखिने भारतीय मौसम विभाग (आइएमडी) ले सोमबार राति एक पूर्वानुमानमा भनेको छ ।

जब असामान्य रूपमा उच्च तापक्रम दीर्घकालीन औसतभन्दा धेरै डिग्री रेकर्ड गरिन्छ गर्मी लहरका दिनहरूको सङ्ख्या पनि बढ्नेछ ।

“विशेष गरी पूर्वी भारतमा १० दिन वा सोभन्दा बढी गर्मीको लहर आउने अपेक्षा गर्न सकिन्छ र यसले गर्मीको तनाव निम्त्याउँछ”, मौसम ब्युरोका प्रमुख मृत्युञ्जय मोहपात्राले पत्रकारहरूलाई भन्नुभयो ।

भारतमा सामान्यतया अप्रिल र जुनको बीचमा चारदेखि सातवटा गर्मीको लहरको अनुभव हुन्छ ।

शिशु, वृद्ध, स्वास्थ्य समस्या भएका मानिस र बाहिरी कामदारहरू विशेष गरी उच्च तापक्रमको जोखिममा छन् ।

परिणामस्वरूप हुने गर्मीको तनावले चक्कर आउने र टाउको दुख्नेदेखि लिएर अङ्गको विफलता र मृत्युको लक्षणहरू निम्त्याउन सक्छ ।

कङ्क्रिट, इँटा र अन्य गर्मी सोस्ने सतहहरूले घेरिएका सहरवासीहरू पनि उच्च जोखिममा छन् ।

चरम गर्मीको लामो अवधिले विद्युतीय ग्रिड र यातायात प्रणाली जस्ता पूर्वाधारमा पनि दबाब दिन सक्छ ।

आइएमडीले ती चुनौतीलाई सम्बोधन गर्न गर्मी कार्ययोजनाहरू तयार गर्नुपर्ने बताएको छ ।

“यसमा शीतलन केन्द्रहरूमा पहुँच प्रदान गर्ने, गर्मीसम्बन्धी सल्लाहहरू जारी गर्ने र प्रभावित क्षेत्रहरूमा सहरी गर्मी द्वीपको प्रभाव कम गर्न रणनीतिहरू कार्यान्वयन गर्ने समावेश छ”, आइएमडीले भनेको छ ।

भारतले गत वर्ष आफ्नो हालसम्मकै लामो गर्मी लहरको सामना गरेको थियो । त्यस समयमा तापक्रम नियमित रूपमा ४५ डिग्री सेल्सियस नाघेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष कम्तीमा पाँच लाख मानिस गर्मीले मर्ने गणना गरेको छ तर वास्तविक सङ्ख्या त्योभन्दा ३० गुणासम्म बढी हुनसक्ने चेतावनी दिएको छ । रासस

मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.