• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

नगर अस्पतालद्वारा विशेषज्ञ उपचार सेवा

  •  शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

झापा । यहाँका नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । स्वास्थ्य बीमाको प्रथम बिन्दुको रूपमा सेवा दिँदै आएका नगर अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरसमेत बढाएका छन् ।

विर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरिरहेका छन् । झापाका गाउँपालिकामा आधारभूत अस्पताल छन् ।

धुलाबारी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै सञ्चालनमा आएको मेचीनगर नगर अस्पतालमा सात महिना यता ६२ हजार ८७७ जनाले उपचार सेवा लिएको नगरकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताउनुभयो ।

“ विशेषज्ञ उपचार सेवा प्रदान गर्न थालेपछि उपचारका लागि आउने नगरबासीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “हरेक नागरिकको स्वास्थ्य सुविधामा पहुँच पुग्नुपर्छ भनेर हामीले सेवालाई विस्तार गरिरहेका छौँ । त्यहीअनुसार नगरबासीेले विश्वास गर्न थाल्नुभएको छ ।”

मेचीनगर–१० धुलाबारीमा रहेको मेचीनगर अस्पतालमा स्त्रीरोग तथा प्रसुति, बालरोग तथा नाक, कान र घाँटी, जनरल फिजिसियनलगायतको उपचार सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । सरकारी अस्पताल जाने अधिकांश नगरबासी स्वास्थ्य बीमामार्फत उपचार लिने गर्छन् ।

बिरामीको चाप बढेकाले वैशाखदेखि १५ शय्या राखेर २४ घण्टा सबै सेवा उपलब्ध हुनेगरी नवनिर्मित भवनबाट उपचार सेवा सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । अस्पतालमा बीमामार्फत सबै किसिमका औषधि पाइने भएकाले सर्वसाधारणमा नगरको अस्पतालप्रति विश्वास बढेको उहाँको भनाइ छ ।

अस्पतालले ओपीडी, इसीजी, युएसजी, बीमा, फार्मेसी, ल्याबलगायतका सेवा दिँदै आएको छ । भदौ ४ गते सुरु भएको नगर अस्पतालबाट फागुन मसान्तसम्ममा १९ हजार ५०५ जनाले ल्याव सेवा, दुई हजार २३४ जनाले युएसजी, ८४८ जनाले ईसीजी र २७५ जना बिरामीले इमरजेन्सी सेवा लिएको पाइएको छ ।

नगरपालिकाले चार जना एमबीबीएस डाक्टरबाट उपचार सेवा प्रदान गर्दै आएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले चैतदेखि थप अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो ।

यसैगरी, विर्तामोड नगर अस्पतालले दैनिक चार सयसम्म बिरामीलाई विभिन्न उपचार सेवा उपलब्ध गराउँदै आएको छ । ठूलाठूला निजी अस्पतालले भरिएको विर्तामोडमा विश्वसनीय उपचार सेवाकै कारण सरकारी अस्पतालमा सेवा लिन आउने बढिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुनिल अधिकारीले बताउनुभयो ।

उहाँले अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवासमेत रहेको छ । अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले रु १०० को टिकट काट्नु पर्ने व्यवस्था छ ।

अस्पतालमा २४ घण्टा नर्मल डेलिभरी सेवा उपलब्ध रहेको जनाउँदै मेसु डा अधिकारीले स्त्री तथा प्रसुति रोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरको ओपीडी सेवा दैनिक उपलव्ध रहेको बताउनुभयो । स्वास्थ्य विमा सेवा, भिडियो एक्स रे, नर्मल एक्स रेलगायत सर्जरी र आधुनिक ल्याबसमेतको सेवा रहेको उहाँले जानकारी दिनुभयो ।

विर्तामोडको १५ शय्याको नगर अस्पताललाई स्तरोन्नति गर्दै नयाँ भवनमा सञ्चालन गर्ने तयारी भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगिसकेको नयाँ भवन रु १५ करोड ३४ हजार ३३६ मा निर्माण भइरहेको छ । नयाँ भवनमा २५ शय्या सञ्चालन गरिने नगरप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो ।

“आर्थिक अभाव भएका नागरिकले निजी अस्पतालमा उपचार गराउन सक्दैनन्,” नगरप्रमुख प्रसाई भन्नुहुन्छ, “हामीले विपन्न र असहायलाई उपचारबाट कहिल्यै बञ्चित गरेका छैनौँ । विशेषज्ञ र गुणस्तरीय सेवा पाएपछि नगरबासी नगर अस्प्तालमै उपचारका लागि आउन थाल्नुभएको छ ।”

कनकाई र अर्जुनधारामा पनि नगर अस्पताल सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमाको प्रथम विन्दु तोकिएका कारण नागरिक सरकारी नगर अस्पतालको उपचार सेवाप्रति आकर्षित भएका छन् । रासस

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.