• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

रोकिएन घरमै सुत्केरी हुने चलन

  •  बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

ओखलढुङ्गा । घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्लामा सरकारी संयन्त्रले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् । पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापना भएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा २९ जना घरमै सुत्केरी भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवती घरमै सुत्केरी भएका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन् । लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएको तथ्याङ्क छैन ।

पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् । आव २०८०÷८१ मा ४५ र आव २०७९÷८० मा ४२ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।

“नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ । प्रसूतिगृह ठाउँठाउँमा सञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन”, पोखरेलले रासससँग भन्नुभयो, “यद्यपि विगतमा भन्दा केही सुधार आएको छ । जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्ने र नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधान हुन्छ ।” स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमा हुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी

ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको छ । वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठ महिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् । चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २० वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । कार्यालयका अनुसार सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन् ।

मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् । लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरी भएका छन् ।

जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको छ । जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो । अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको छ । रासस

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.