पित्तथैली हाम्रो शरीरको लागि अभिन्न अंग हो, यसको मुख्य काम पित्त संग्रह गर्नु र आवश्यक परेमा यसलाई सानो आन्द्रामा छोड्नु हो । पित्त एक प्रकारको पाचक रस हो जुन कलेजोले बनाउने काम गर्छ ।पित्तले बिशेषगरी बोसोयुक्त खाना खांँदा पित्त सानो आन्द्रामा पठाउंँछ । यसले बोसो पचाउने मात्र होइन बोसोलाई घुलन योग्य बनाउन पनि सहयोग गर्छ । पित्तथैलीमा पत्थरी हुने समस्या हामीले सुन्दै र जान्दै आएका छौं । तर पित्तथैलीमा के कारणले पत्थरी हुन्छ भन्ने बिषयमा अधिकांश नेपाली अनविज्ञनै छन । बिशेषगरी हामीले खाने दैनिक खानेकुराबाटनै पित्तथैलीमा पत्थरीको समस्या देखिने चिकित्सकहरुको भनाई छ ।
शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी पनि बन्दछ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउंँछन । पित्तथैली हुंँदा वाकवाक लाग्ने, खाना नपच्ने, नराम्ररी दुख्ने लगायतका लक्षणहरु पित्तथैली पत्थरी भएका बिरामीहरुमा देखा पर्दछ ।
पित्तथैलीको पत्थरी भएको थाहा पाउने वित्तिकै हामीले यसलाई चांँडो भन्दा चांँडो चिकित्सकसंँगै जचांँएर पत्थरी निकाल्नु पर्दछ ।
पहिले पहिले यसको अप्रेशन म्यानुअल भएपनि पछिल्लो समय दुरबीनको सहायताले पनि पत्थरीको अप्रेशन गरिंँदै आएको छ । पित्तथैलीमा पत्थरी किन हुन्छ ? लक्षण के हो ? कसरी अप्रेशन हुन्छ लगायतका विषयमा केन्द्रित रहेर जनरल सर्जन दिपेन्द्र मल्लिक संग गरिएको कुराकानी । विस्तृत कुराकानी तलको भिडियोमा उपलब्ध छ ।
