• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

छ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र

  •  बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

बरहथवा (सर्लाही) । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् । उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटकपटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन् ।

विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनुभयो । सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

उपचार केन्द्रमा उपकरण तयारी अवस्थामा भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको अध्यक्ष पौडेलले बताउनुभयो । “विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेका बिरामीसँग बाटोको समय हुँदैन” केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले भन्नुभयो, “लैजाँदै गर्दा बाटोमै ज्यान गएका धेरै घटना छन् ।”

सर्पदंशका कारण गम्भीर भएका बिरामीको उपचारका लागि केन्द्रले २०७५ सालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गरेको थियो । तत्कालीन समयमा स्वयंसेवकका रुपमा कार्यरत चिकित्सक अर्जुन लामाले उक्त उपकरण सञ्चालन गर्ने गर्नुभएको थियो । तर, २०७६ साल असार २३ गते राति उपचारको क्रममा सर्लाहीको हरिवनकी दुई वर्षीया बालिकाको केन्द्रमा मृत्यु भयो ।

घटनापछि बालिकाका आफन्तले केन्द्रको सघन उपचार कक्षमा रहेको उपकरण तोडफोड गर्नुका साथै चिकित्सक लामामाथि हातपात गरेका थिए । त्यस घटनापछि केन्द्रको सघन उपचार कक्षमा ताला लागेको हो । तोडफोड भएको उपकरण प्रदेश सरकार र लालबन्दी नगरपालिकाको बजेटबाट मर्मत गरे पनि चिकित्सक भने अझै आउन मानेका छैनन् ।

दक्ष जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर छ वर्षदेखि प्रयोग बिना राख्नुपरेको केन्द्रका अध्यक्ष पौडेलको गुनासो छ । आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्न केन्द्रले गत चैतमा मात्रै आवेदन मागेको थियो । पाँच जना चिकित्सकले आवेदन भरेका पनि थिए । तर, उत्तीर्ण चिकित्सक नियुक्ति लिनै नआएको उहाँको भनाइ छ ।

चार वर्ष पहिला उपचार केन्द्रमा कार्यरत एक चिकित्सक र दुई जना स्वास्थ्यकर्मीलाई तालिमको लागि केन्द्रले धरान पठाइएको थियो । “उहाँहरूले आइसीयु र भेन्टिलेटर चलाउने आँट गर्नुभएन”, अध्यक्ष पौडेलले भन्नुभयो । सर्पले डसे र गम्भीर अवस्थामा ल्याएका बिरामीलाई तुरुन्त आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

उपचार केन्द्र खुला स्थानमा रहेकाले स्थानीय र बिरामीका आफन्तको भीड उपचार कक्षसम्म पुग्ने गर्छ । यसले गर्दा चिकित्सकले स्वतन्त्र रुपमा उपचार गर्न नपाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । हाल यस केन्द्रमा एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ । नेपाली सेनाका दुई जना स्वास्थ्य कर्मचारी २४सै घण्टा निःशुल्क खटिने गरेका छन् ।

“बिरामी तलमाथि भए ज्यानै जोखिममा हुन्छ, भन्ने त्रास चिकित्सकमा सिर्जना गरिएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “त्यसैले एमडी गरेका चिकित्सक आउ नै मान्नुहुन्न । अर्कोतर्फ एउटै चिकित्सकलाई मासिक रु दुई लाख तलब दिन समस्या छ ।” एक जना दक्ष चिकित्सकलाई हालका आठ जना स्वास्थ्यकर्मीको भन्दा बढी मासिक तलब भत्ता दिनुपर्ने उहाँले सुनाउनुभयो ।

बिरामीलाई प्रयोग गरिने एन्टिभेनम सरकारले निःशुल्क उपलब्ध गराउने गरेको छ । अन्य केही औषधि केमिकल केन्द्र आफैँले खरिद गर्ने गरेको छ । उपचार गर्न आउनेप्रति बिरामी रु दुई हजार पाँच सय र संस्थाका आजीवन सदस्यसँग केन्द्रले रु पाँच सय लिने गरेको छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि लालबन्दी, ईश्वरपुर, हरिपुर र हरिवन नगरपालिकाले नियमित बजेट विनियोजन गर्ने गरेका छन् । नगर अस्पतालमा आइसीयु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक नहुँदा कुनै उपाय नलागेको लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले बताउनुभयो । “नगर अस्पतालमा कार्यरत कोही चिकित्सकलाई खटाउन सकिन्छ कि भनेर कुरा गरेका थियौँ, आइसीयु, भेन्टिलेटर चलाउन जान्नु भएको कोही हुनुहुन्न रहेछ”, नगरप्रमुख अधिकारीले भन्नुभयो । रासस

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.