• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

  •  आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित

म्याग्दी (बेनी) । म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको छ । आज सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच जिल्लालाई चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले गरेको घरधुरी सर्वेक्षणका क्रममा यहाँ १५ महिनामुनिका एक हजार २३५ जना बालबालिकाले नियमित खोप लगाइरहेको र अन्य सबै लक्षित उमेरका बालबालिकाले खोपको पूरा मात्रा लगाएको भेटिएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

उहाँका अनुसार मङ्गला र रघुगङ्गा गाउँपालिकामा १६ महिनादेखि २७ महिनासम्मका ३६३ र मालिका, अन्नपूर्ण, धवलागिरि गाउँपलिका र बेनी नगरपालिकामा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार २८८ जना बालबालिकाले पूर्णखोप पाएका छन् । यसअघि जिल्लाका ४५ वडा र छ वटै स्थानीय तहमा बालबालिकाको विवरण सङ्कलन र खोपको पूर्ण पहुँच पु¥याएर वडा र पालिकालाई पूर्णखोप सुनिश्चिता भएको घोषणा गरिएको थियो ।

जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, स्वास्थ्यकर्मीलगायतले आगामी दिनमा समेत यसको दिगोपना कायम राख्दै अगाडि बढ्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विभिन्न रोगबाट जोगाउने भएकाले हरेक बालबालिकामा पूरा मात्राको खोपको पहुँचलाई निरन्तर कायम राख्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दर घटाउन खोपले सहयोगी भूमिका खेलेको भन्दै खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय खोप तालिकाअनुसार नेपालमा बालबालिकाले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध १३ प्रकारका खोप लगाउने गर्छन् ।

कार्यक्रममा खोप अभियानमा महत्वपूर्ण योगदान पु¥याएकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकी, स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश खोप समन्वय समितिका तर्फबाट म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गरिएको प्रमाणपत्र प्रदान गरियो । प्रदेशसभा सदस्य जुग्जालीमार्फत जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस जिल्लामा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्यचौकी, चार सहरी स्वास्थ्य केन्द्र, ३० सामुदायिक स्वास्थ्य एकाइ, १०७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । यसअघि विसं २०७१ चैत १५ गते म्याग्दीलाई नेपालकै छैटौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । रासस

आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.