• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

घोरदौरामा ‘भिआइए’ स्क्रिनिङसम्बन्धी शिविर सञ्चालन

  •  शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले घोराही-१८ घोरदौरास्थित स्वास्थ्य इकाइमा निःशुल्क प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए)’ स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सरको पूर्व पहिचान, अवस्था, रोकथामका उपाय र उपचारका लागि शाखाले शिविर सञ्चालन गरेको हो ।

घोरही-१८ का ४८ वर्षीया महिलाले आफ्नो पाठेघर बाहिर आएको जनाउँदै समयसमयमा दुख्ने समस्या पनि रहेको बताउनुभयो । स्वास्थ्य इकाइमा निःशुल्क रूपमा भिआइए स्क्रिनिङ शिविर सञ्चालन भएपछि उहाँ परीक्षणका लागि यहाँ आउनुभयो । दुई छोरा र तीन छोरी घरमै जन्माउनुभएकी उहाँले प्रजनन स्वास्थ्यका विषयमा कुरा गर्न पनि लाज लाग्ने गरेको बताउनुभयो ।

घर छेउमा शिविर सञ्चालन भएकाले छिमेकीका साथमा उहाँ यहाँ पुग्नुभएको हो । स्वास्थ्यकर्मीले उहाँको पाठेघरमा रिङ राखेपछि उहाँले भन्नुभयो, “कस्तो सजिलो भयो । गाउँघरका महिला अझै पनि प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा नगर्ने, लाज मान्ने र रोग लुकाएर राख्ने प्रवृत्ति छ ।”

सोही वडाकी ३३ वर्षीया महिलाको पाठेघर दोस्रो अवस्था (स्टेज)मा तल झरेको छ । स्वास्थ्य शिविरमा परीक्षण गरेपछि सोबारे जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । तीन छोराछोरीका आमा उहाँलाई स्वास्थ्य परीक्षणका लागि शिविरसम्म जाने गाडी भाडा थिएन । “अटोरिक्साले रु आठ सयदेखि रु एक हजारसम्म लिने गर्छ, रुटमा चल्ने गाडी छैनन् । घरबाट टाढाको सामूहिक धाराबाट पानी बोक्नुपर्छ”, उहाँले स्वास्थ्यकर्मीलाई सुनाउनुभयो ।

दैनिक उकालीओराली र डोकोमा पानी बोक्दाबोक्दै उहाँको पाठेघर झरेको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । गह्रौँ काम नगर्न र आराम गर्न स्वास्थ्यकर्मीले उहाँलाई सल्लाह दिएका छन् ।

जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले दुर्गम ठाउँका महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिँदै स्वास्थ्य सचेतनाका लागि गाउँगाउँमा शिविर आयोजना गरिएको बताउनुभयो । दिनभरिको काम, महँगो गाडीभाडा भएकाले घोरदौराका महिलाको घरआँगनमा सेवा दिइएको उहाँको भनाइ छ ।

वडा कार्यालयको समन्वयमा दुर्गम ठाउँमा स्वास्थ्य शिविर राखेर प्रजनन स्वास्थ्यका साथै प्रजनन अङ्गहरूको सरसफाइका विषयमा सचेतना फैलाउने गरिएको पौडेलले उल्लेख गर्नुभयो ।

उपमहानगरका उपप्रमुख हुमा डिसीले महिलाहरू घरका काममा व्यस्त हुने र स्वास्थ्य समस्यालाई लुकाउने गरेकाले पछिल्लो समय पाठेघरको मुखको क्यान्सर हुनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । समयमा स्वास्थ्य परीक्षण गरेमा रोग लाग्नबाट बच्न सकिने भएकाले वडावडामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रत्येक बिहीबार यो सेवा दिइरहेको छ”, डिसीले भन्नुभयो, “क्यान्सरजस्तो प्राणघातक रोगलाई समयमा पत्ता लगाउने हो भने उपचार सम्भव भएकाले स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने सन्देश दिन शिविर आयोजना गरिएको हो ।”

उहाँले प्रतिष्ठानमा साढे दुई वर्षदेखि पाठेघरको मुखको स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण सेवा दिइँदै आइएको जनाउँदै हालसम्म दुई सयभन्दा बढीको पाठेघरको मुखको क्यान्सर पत्ता लागेको उल्लेख गर्नुभयो । पहिलो र दोस्रो अवस्थाका क्यान्सर निको हुने भएकाले समयमा रोग पत्ता लगाउन र महिलाको स्वास्थ्य बचाउन यो अभियान सञ्चालन गरिएको उपप्रमुख डिसीले बताउनुभयो ।

मनोसामाजिक परामर्शकर्ता सुशीला आचार्यले महिला स्वास्थ्य समस्याका कारण मनोरोग पनि देखिने भएकाले स्वास्थ्य शिविरमा मनोपरामर्श दिने गरिएको बताउनुभयो । महिलाहरू आफ्नो रोग खुलेर आउन नचाहने भएकाले परमर्शबाट सकारात्मकतातिर लैजाने प्रयास गरिएको उहाँको भनाइ छ ।

घोराही-१८ का वडाध्यक्ष भरत अर्यालले वडाका पहाडी क्षेत्रका महिला कामको चाप, सवारीसधानको न्यून पहुँचलगायत कारणले स्वास्थ्य संस्था पुग्न नसक्ने भएकाले स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा घोरदौराका २९ जना महिलाले सेवा लिएका छन् ।

परीक्षण गरेकामध्ये अधिकांश महिलालाई सेतो पानी बग्ने, चिलाउनेलगायत समस्या देखिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । “पाठेघर खसेका आठ, एकजना पोजेटिभ अर्थात् सम्भावित पाठेघरको मुखको क्यान्सर हुनसक्ने लक्षण देखिएकोे छ । दुई जनाको पाठेघरमा रिङ राखिएको छ”, उहाँले भन्नुभयो । रासस

शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.